prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मानव बेचविखन नियन्त्रण गर्न अन्तरसीमा कार्यशाला
मानव बेचविखन नियन्त्रण गर्न अन्तरसीमा कार्यशाला
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन १४, २०८० बागेश्वरी पोस्ट
मानव बेचविखन नियन्त्रण गर्न अन्तरसीमा कार्यशाला

नेपालगञ्ज । मानव बेचविखनलाई नियन्त्रण गर्न नेपाल-भारतबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको छ । शक्ति समूहले नेपालगञ्जमा आज आयोजना गरेको मानव वेचविखन विरुद्ध अन्तरसीमा कार्यशाला गोष्ठीमा मानव बेचविखन रोक्न दुई देश बीचका सरोकारवाला निकाय र व्यक्तिहरुबीचको प्रभावकारी सहकार्यमा जोड दिइएको हो । नेपाल र भारतका सुरक्षा अधिकारीहरु समेत उपस्थित कार्यशालामा मानव बेचविखनको स्वरुप बदलिएको भन्दै त्यसतर्फ सजग रहनुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टले मानव बेचबिखन रोक्न नेपाल भारतबीच प्रभावकारी सहकार्य हुन आवश्यक रहेको बताए । उनले नेपालगञ्ज कर्णाली र लुम्बिनी प्रदेशको मुख्य आवतजावत केन्द्र भएकाले मानव बेचबिखनको जोखिम बढी हुने हुँदा सरोकारवाला निकायहरुले सजगताका साथ काम गर्नुपर्नेमा जोड दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले पैसाका लागि धेरै नेपाली बेचिएको बताए । उनले नीतिगत ब्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुबासचन्द्र बोहराले पहिला र अहिले मानव बेचबिखनको प्रक्रिया र माध्यम फरक भएको बताए । उनले हिजोआज पढेलेखेका र सबै कुरा बुझेकाहरु पनि रोजगार पाइने आशामा मानव बेचबिखनमा परेको बताए ।

शक्ति समूहका अध्यक्ष नातीसरा राईले मानव बेचविखनका क्षेत्रमा काम गर्ने सबैको सहयोगमा अघि बढ्न सहज भएको बताइन् । शक्ति समूहका पूर्व अध्यक्ष चरिमाया तामांगले नेपाल र भारत दुवै देशमा नेपालीहरु असुरक्षित भएको विषयलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा गम्भीर हुन आग्रह गरिन् । कार्यक्रममा कार्यतास इण्डिया कलकत्ताका आशा रुस्लिन, भारतीय सीमा नाका प्रहरी अधिकारी, भारतमा रहेर मानव बेचबिखन विरुद्ध काम गर्ने संघसंस्थामा आवद्ध प्रतिनिधिहरु लगायतको सहभागिता रहेको शक्ति समूहकी निर्मला पौडेलले जानकारी दिइन् । 

 


प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP