prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई चुनौतीको सामना गर्ने पार्टीको रुपमा अगाडी बढाउनु पर्छ: कांग्रेस नेता सिंह
कांग्रेसलाई चुनौतीको सामना गर्ने पार्टीको रुपमा अगाडी बढाउनु पर्छ: कांग्रेस नेता सिंह
banijya office RSG-2
सरकारले सरकार नभई सत्ता चलाउन थाल्यो: गगन थापा
बागेश्वरी पोस्ट
बुधबार, फागुन ७, २०७६ बागेश्वरी पोस्ट
कांग्रेसलाई चुनौतीको सामना गर्ने पार्टीको रुपमा अगाडी बढाउनु पर्छ: कांग्रेस नेता सिंह

नेपालगन्ज ।नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तबरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने नेता सिंहको भनाई छ । उनले भने, ‘नेपाली कांग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय बनाउनुपर्छ ।’

पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि कांग्रेसका नेतादेखी कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्नेमा जोड दिए ।

वर्तमान सरकारले सरकार नभई सत्ता चलाउन थाल्यो: गगन थापा

यस्तै कांग्रेसका युवा नेता गगन थापाले वर्तमान दुई तिहाई सरकारले सरकार मात्र नभई सत्ता चलाउन थालेको आरोप लगाए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वसत्तावादतर्फ उन्मुख भइरहेको बताउँदै उनले भने, ‘नेपाली कांग्रेसलाई यतिखेरको डर, चिन्ता भनेको नेकपाले दुई तिहाइको सरकार बनायो भन्ने होईन, नेकपाले तीन चौथाई बनाउन पनि पाउँछ, पाँच वर्ष मात्र होईन, पचास पटक जित्यो भने उसले चलाउन पाउँछ, प्रश्न हाम्रो नेपाल कम्युनिष्ट पार्टीले सरकार होईन, सत्ता चलाउन थाल्यो ।’

सरकार बदलिएपनि सत्ता नबदलिने नेता थापाले बताए । ‘प्रहरी, अड्डा अदालत, प्रशासन, संसद सबै कुरालाई कब्जा गरेर एउटा ब्यक्तिले चलाउने कुरा यसबाट निर्माण भएको सत्ता हामीले परिकल्पना गरेको होईन,’ उनले थपे ।

नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले आम जनताको भरोसा नेपाली कांग्रेसप्रति नै रहेको बताइन् । कम्युनिष्ट सरकार सर्वसत्तावादतर्फ उन्मुख भइरहेको भन्दै मुलुकलाई बचाउन कांग्रेसले सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।

प्रतिष्ठानका अध्यक्ष सुधान्सु कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता, सांसद, पुर्वसांसद लगायतको उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो ।

विपी स्मृती पुस्तकालय बुधबारबाट नै सञ्चालनमा आइसकेको छ । उक्त पुस्तकालयमा करिव साढे ५ सय पुस्तक राखिएको प्रतिष्ठान बाँकेका सचिव तोजिन्द्र बिकले जानकारी दिए। उक्त पुस्तकालय नेपाली कांग्रेस बाँकेलाई बुधबार नै हस्तान्तरण गरिएको छ ।


प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  २०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP