prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कृषि औजार कारखाना पुनः संचालनका लागि रकम निकासा गर्न सांसद गिरीको माग
कृषि औजार कारखाना पुनः संचालनका लागि रकम निकासा गर्न सांसद गिरीको माग
RSG-2
टरिगाउँ एयरपोर्टमा एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न ध्यानाकर्षण
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन १८, २०८० बागेश्वरी पोस्ट
कृषि औजार कारखाना पुनः संचालनका लागि रकम निकासा गर्न सांसद गिरीको माग

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद दीपक गिरीले महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई सरकारले वाचा गरेको रकम तत्काल उपलब्ध गराउन आग्रह गरेका छन् । शुक्रबार संसदको विशेष समयमा बोल्दै गिरीले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले देशभर घुमेर आफ्नो जीवनीमा आधारित पुस्तक बेचेर तीन करोड रुपैयाँ संकलन गरेको बताउँदै कृषि औजार कारखानालाई पुनः संचालन गर्नका लागि सरकारले प्रतिवद्धता गरेको रकम निकासा गर्न आग्रह गरे । यसैगरी गिरीले दैनिक हजारौं युवा देश छाडेर रोजगारी वा गुणस्तरीय शिक्षाको खोजीमा विदेश गइरहेको बताउँदै उनीहरु विदेशिनुपर्ने कारण खोज्नुपर्ने बताए ।

nepalgunj 081-082

नेपाल दुई विशाल एसियाली मुलुकहरु चीन र भारतको बीचमा रहेको बताउँदै गिरीले चीन अमेरिकापछि संसारकै दोश्रो ठूलो अर्थतन्त्रको रुपमा रहेको र पाँचौं ठूलो अर्थतन्त्र रहेको भारत ६ वर्ष भित्रमै संसारको तेश्रो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएका बेला यी दुई ठूला अर्थतन्त्रको बीचमा अवस्थित नेपाल गरीब र मगन्ते रहिरहनुपर्ने कुनै कारण नभएको पनि सांसद गिरीले उल्लेख गरे । उनले नेपालको विकासमा निजी क्षेत्रको भूमिका उल्लेख्य रहेको बताउँदै निजी क्षेत्रलाई पुराना फाइल निकालेर तर्साउने काम बन्द गर्न पनि माग गरे ।

यस्तै, दंगाली जनताको भाग्य र भविष्यसँग जोडिएको टरिगाउँ एयरपोर्टमा एटीआर विमान सञ्चालन गर्न मिल्ने गरी धावनमार्ग विस्तार गर्न उनले सरकारसंग माग पनि गरे । 'केही महिना पहिले उखु किसानहरुले चिनी मिललाई बेचेको उखुको पैसा नपाएको भन्दै काठमाडौँ आउनुभएको थियो । अहिले कैयौं साता पैदलै हिँडेर मिटरब्याज पीडितहरु काठमाडौँ आउनुभएको छ । हामी संघीय प्रणालीमा गएका छौं, तर आम जनताले आफ्नो समस्या लिएर भोकै, प्यासै यो जाडोमा किन काठमाडौँ नै आउनुपर्ने ? गाउँ-गाउँमा सिंहदरबार भनेको के यही हो ? म प्रश्न गर्न चाहन्छु,’ उनले भने । 

सहकारी विभागका अनुसार अहिले नेपालमा एकतीस हजार भन्दा बढी सहकारीहरुमा झन्डै १४ लाख सदस्यले खाइ-नखाई आफूहरुले बचत गरेको रकम डुबेको गुनासो गरिरहेको बताउँदै उनले सहकारी पीडितहरुलाई न्याय दिलाउने जिम्मा पनि सरकारको रहेको बताए । उनले भने, ‘सहकारीकै कुरा गर्दा ग्यालेक्सी टीभीका अध्यक्ष रहेको जीबी राई समूहले पोखराका १८ हजार बढी बचतकर्ताको १ अर्ब ३५ करोड रकम हिनामिना गरेको निष्कर्ष पोखरा महानगरको अध्ययन समितिले निकालेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनीरूपमा ऋण लिई अपचलन गरेको आरोपमा प्रहरीमा  जाहेरी परेको छ  । जीबी राई समूहले करिब उनन्पचास  हजार सर्वसाधारणको सात अर्ब रुपैयाँ भन्दा बढी हिनामिना गरेको प्रहरीको अनुमान छ । आम जनताको अरबौं रकम कहिले र कसरी फिर्ता हुने हो ? दोषीहरुले कहिले सजाय पाउने हुन् ? सरकारले जवाफ दिनु प-यो । जुनसुकै दलमा लागेको भए पनि, जति सुकै शक्तिशाली भए पनि सहकारीको पैसा हिनामिना गर्नेहरुलाई कडा कारवाही गर्न र पीडितहरुलाई उनीहरुको पैसा फिर्ता गराउन पनि म माग गर्दछु,' उनले भने ।


प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १६:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP