नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आजदेखि राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै
आजदेखि राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन २०, २०८० बागेश्वरी पोस्ट
आजदेखि राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै

काठमाडौँ । आजदेखि राष्ट्रिय सभाका २० सदस्य (सांसद) हरुको पदावधि सकिँदैछ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकालका २० सदस्यहरुको पदावधि आज सकिन लागेको हो ।

राष्ट्रिय सभामा नेकपा एमाले तर्फबाट निर्वाचित अध्यक्ष तिमिल्सिना, प्रमुख सचेतक भैरव सुन्दर श्रेष्ठ, कुमार दसौँदी, इन्दु कडरिया,  दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई र राष्ट्रपतिबाट मनोनीत भएकी विमला राई पौड्यालको आजैदेखि पदावधि सकिन लागेको हो ।

त्यसैगरी पदावधि सकिनेमा नेपाली कांग्रेसबाट निर्वाचित संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव रहेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जनता समाजवादी पार्टी (जसपा) का प्रमिलाकुमारी यादवको पनि आजै पदावधि सकिन लागेको हो ।

राष्ट्रिय सभाका निर्वाचित स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै पदावधि सकिँदैछ ।

आजदेखि रिक्त हुने २० मध्ये १९ सदस्यहरुको निर्वाचन समेत सम्पन्न भएर फागुन २१ अर्थात भोलि सपथ कार्यक्रम राखिएको छ ।  गत माघ ११ गते नेपाली कांग्रेसबाट निर्वाचित १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जनता समाजवादी पार्टी र नेकपा एमालेका १-१ जना राष्ट्रिय सभा सदस्यहरुको लागि शपथ कार्यक्रम तय गरिएको हो । एक जना भने राष्ट्रपतिमा मनोनीत हुनेछन् ।

संघीय संसद् सचिवालयका अनुसार निर्वाचित सदस्यहरुको नयाँ बानेश्वरस्थित संसद भवनमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ ।

राष्ट्रिय सभा सदस्यहरुले शपथ समारोहमा नेपालमा बोलिने आफ्नो भाषामा पनि शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो  मातृभाषामा अनुवाद गरी संसद सचिवालयमा निवेदनका साथ दिन सकिने संघीय संसद् सचिवालयले जनाएको छ ।

को-को हुन निर्वाचित सदस्य ?

कोशी प्रदेश 

कृष्णप्रसाद सिटौला (नेपाली कांग्रेस)

रुक्मिणि कोइराला (नेकपा एमाले ) 

मधेस प्रदेश

आनन्दप्रसाद ढुङ्गाना (नेपाली कांग्रेस)

पूजा चौधरी (जनता समाजवादी पार्टी)

बागमती प्रदेश

विष्णुकुमारी पुडासैनी (नेपाली कांग्रेस)

जितजंग बस्नेत (नेपाली कांग्रेस)

श्रीकृष्ण अधिकारी ( माओवादी केन्द्र )

घनश्याम रिजाल (नेकपा एकीकृत समाजवादी) 

गण्डकी प्रदेश

पदमबहादुर परियार (नेपाली कांग्रेस)

किरणबाबु श्रेष्ठ (नेपाली कांग्रेस) 

मनरुपा शर्मा (माओवादी केन्द्र)  

लुम्बिनी प्रदेश

विष्णुकुमारी सापकोटा (नेपाली कांग्रेस)          झक्कु सुवेदी (माओवादी केन्द्र)  

कर्णाली प्रदेश

कृष्णबहादुर रोकाया (नेपाली कांग्रेस)

सावित्री मल्ल (नेकपा एकीकृत समाजवादी)  विष्णुबहादुर विश्वकर्मा (माओवादी केन्द्र)

सुदूरपश्चिम प्रदेश

बलदेव बोहरा (नेपाली कांग्रेस) 

 नारायणदत्त भट्ट (नेपाली कांग्रेस )

 रेणु चन्द (माओवादी केन्द्र) 

 

 


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP