नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शिक्षकहरुलाई तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण
शिक्षकहरुलाई तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण
बागेश्वरी पोस्ट
बिहीबार, फागुन २४, २०८० बागेश्वरी पोस्ट
शिक्षकहरुलाई तातो हावाको लहर (लू) जोखिम सचेतना अभिमुखीकरण

नेपालगञ्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा तातो हावाको लहर (लू) जोखिम सचेतना विषयक विद्यालय शिक्षकहरुको लागि अभिमुखीकरण तालिम नेपालगञ्जमा सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई तातो हावाको जोखिमबाट बचाउन जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले शिक्षकहरुलाई उक्त तालिम दिइएको हो ।

तालिममा गर्मी बढ्नुको कारण, हिटवेभ भनेको के हो ? बच्ने उपाय, जोखिममा पर्ने समुह, आगामी दिनमा गरिने कार्य लगायतका विषयमा प्रशिक्षण दिइएको छ भने विद्यालय स्तरमा सञ्चालन गरिने अभिमुखीकरणको कार्ययोजना समेत निर्माण भएको छ ।अमेरिकन रेडक्रसको सहयोग र नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावाको लहर (लू) जोखिम व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक समीर प्रताप सिंहले तातो हावाको लहरबाट हुने जोखिम कम गर्न रेडक्रसको सहकार्यमा उपमहानगरापालिका क्षेत्रमा जनचेतना अभिवृद्धि गरिरहेको बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावाको प्रभाव सबै वर्ग र समूहमा हुने गरेको र त्यसमध्ये बालबालिका, बृद्धा र दिर्घरोगी बढी प्रभावित हुने गरेको बताए ।

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख गोर्खबहादुर थापा, वातावरण इन्जिनियर एवं विपद् फोकल पर्सन प्रकाश डिसी र नेरेसो बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले तातो हावाको लहर (लू) को बारेमा सहजीकरण गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका सभापति सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखा मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव लगायत नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रका २३ वटा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  २१:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP