prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • आठ वटै पालिकामा कांग्रेस बाँकेको 'प्रशिक्षण'
आठ वटै पालिकामा कांग्रेस बाँकेको 'प्रशिक्षण'
banijya office RSG-2
बैचारिक हिसाबले तल्लो तहसम्म पार्टीलाई सशक्त बनाउँछौंः अधिकारी
बागेश्वरी पोस्ट
आइतबार, फागुन २७, २०८० बागेश्वरी पोस्ट
आठ वटै पालिकामा कांग्रेस बाँकेको 'प्रशिक्षण'

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले जिल्लाका आठ वटै पालिकामा प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।  नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भएको छ ।

May be an image of 5 people, dais and text

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीले बताए । उनले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताए । "तल्लो तहसम्म कांग्रेसको सुनौलो र गर्विलो इतिहासलाई पुनर्ताजगी गर्दै वर्तमान राजनीतिक परिवेशमा पार्टीको नीति र सिद्धान्त तथा समसामयिक घटनाक्रमका बारेमा साथीहरूलाई प्रशिक्षित गर्दैछौं," अधिकारीले भने-"हामीलाई विश्वास छ यसले पार्टी जीवनमा नवीन उर्जा र तरंग पैदा गर्नेछ ।"

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले लोकतन्त्र, स्वतन्त्रता र सामाजिक न्यायको लडाइँमा कांग्रेसको सुनौलो इतिहास, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस-प्रजातन्त्र र समाजवाद तथा प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन लगायतका विषयमा प्रशिक्षण दिइरहेको अधिकारीले जानकारी दिए ।

May be an image of 6 people, table, dais and text

आइतबार नेपालगन्जमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । सहमहामन्त्री पाण्डे, लुम्बिनी प्रदेश उपसभापति श्रेष्ठ, प्राध्यापक शर्मा र पत्रकार शुक्रऋषि चौलागाईले प्रशिक्षण दिएका थिए । त्यसअघि शुक्रवार कोहलपुर र शनिबार राप्तीसोनारीमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो । अन्य पालिकाहरुमा पनि लगातार प्रशिक्षण दिने कार्यक्रम रहेको नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिइन् । थापाका अनुसार सोमबार खजुरा र मंगलबार बैजनाथमा प्रशिक्षण कार्यक्रम तय भएको छ । प्रशिक्षण कार्यक्रममा पालिका र वडा तहका विभिन्न पदाधिकारीहरुको सहभागी छ । प्रशिक्षार्थीलाई प्रमाणपत्र पनि वितरण गरिएको छ । 

May be an image of 4 people and textMay be an image of 9 people, table, lighting and textMay be an image of 5 people, dais and textMay be an image of 8 people and table

 


प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP