prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संगठन सुदृढीकरणका लागि गाउँ-गाउँमा केन्द्रित हुन प्रदेश सभापति पुनको निर्देशन
संगठन सुदृढीकरणका लागि गाउँ-गाउँमा केन्द्रित हुन प्रदेश सभापति पुनको निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, फागुन २८, २०८० बागेश्वरी पोस्ट
संगठन सुदृढीकरणका लागि गाउँ-गाउँमा केन्द्रित हुन प्रदेश सभापति पुनको निर्देशन

नेपालगञ्ज । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीको संगठन सुदृढीकरणका लागि गाउँ-गाउँमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।  

May be an image of 3 people, lighting and text

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाले पालिकास्तरमा सञ्चालन गरिरहेको प्रशिक्षण कार्यक्रम अन्तर्गत आज खजुरा गाउँपालिकामा आयोजित एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पुनले पार्टीको विचारलाई तल्लो तहसम्म प्रभावकारी ढंगले सञ्चार गर्न आवश्यक रहेको बताए । नवीन कांग्रेस निर्माणका लागि नयाँ सोच र उर्जाका साथ गाउँ तहमा केन्द्रित हुन निर्देशन दिँदै उनले युवा पुस्तालाई कांग्रेससंग जोड्न प्रखर ढंगले लाग्नुपर्ने बताए ।

लुम्बिनीमा कांग्रेस बाँकेले निरन्तररुपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेकोमा धन्यवाद ब्यक्त गर्दै उनले प्रशिक्षणले नेता कार्यकर्तामा नयाँ उर्जाको सञ्चार हुने धारणा राखे । पुनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको चाहना अनुसार काम गर्दै उनीहरुको मन जित्ने दिशामा लाग्न आग्रह गरे । कांग्रेस बाँकेका कार्यबहाक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख गोपालप्रसाद अधिकारीको सभापतित्व एवम् प्रदेश सभापति पुनको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरिएको थियो ।

May be an image of 4 people and text

खजुरामा सम्पन्न प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख भुवन श्रेष्ठले कांग्रेसको इतिहास, आदर्श र सिद्धान्त, प्राध्यापक एवं अधिवक्ता गुणनिधि शर्माले नेपाली कांग्रेस, प्रजातन्त्र र समाजवाद, प्रशिक्षक तिर्थ पौडेलेले जनसरोकारका सवाल, पार्टी संगठन, विकास, योजना, सञ्चार र कार्यसम्पादन तथा पत्रकार शुक्रऋषि चौलागाईले सञ्चार  र नेपाली कांग्रेस लगायतका विषयमा प्रशिक्षण दिएको प्रशिक्षण शाखा सचिव उमा थापा मगरले जानकारी दिइन् ।

May be an image of 4 people and people studying

नेपाली कांग्रेस बाँके प्रशिक्षण शाखाको आयोजना तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रशिक्षण विभागको समन्वयमा शुक्रबारदेखि सुरु भएको एक दिने पालिका स्तरीय प्रशिक्षण कार्यक्रम यसअघि नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा सम्पन्न भइसकेको छ ।

पहिलो चरणमा गाउँ केन्द्रित प्रशिक्षण अभियान सञ्चालन गरिसकेको कांग्रेस बाँकेले शुक्रबारदेखि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम पालिका स्तरमा सुरु गरेको हो । यसअघि गत असोजमा बाँकेका ८१ वटै वडाका सभापतिलाई प्रशिक्षण दिइएको थियो । ‘सचेत र जागरुक’ कार्यकर्ता उत्पादन तथा जनसरोकारका सवालमा पार्टीलाई अग्रसर बनाउने नीति अनुरुप प्रशिक्षण कार्यक्रम गरिएको कांग्रेस बाँकेका कार्यवाहक सभापति एवम् प्रशिक्षण शाखा प्रमुख अधिकारीले बताए । उनले तल्लो तहसम्म पार्टीको वैचारिक धारलाई सशक्त बनाउँदै संगठनलाई मजबुत बनाउन प्रशिक्षण कार्यक्रम संचालन गरिएको बताए । "तल्लो तहसम्म कांग्रेसको सुनौलो र गर्विलो इतिहासलाई पुनर्ताजगी गर्दै वर्तमान राजनीतिक परिवेशमा पार्टीको नीति र सिद्धान्त तथा समसामयिक घटनाक्रमका बारेमा साथीहरूलाई प्रशिक्षित गर्दैछौं," अधिकारीले भने-"हामीलाई विश्वास छ, यसले पार्टी जीवनमा नवीन उर्जा र तरंग पैदा गर्नेछ ।" 

भोलि बैजनाथमा प्रशिक्षण कार्यक्रम हुने सचिव थापा मगरले बताइन् । 

May be an image of 3 people, dais and text


प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १७:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
गृहमन्त्री रमेश लेखकले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP