नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सरकार ठूलो अग्नीपरीक्षामा छ: उद्योग मन्त्री भण्डारी
सरकार ठूलो अग्नीपरीक्षामा छ: उद्योग मन्त्री भण्डारी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २, २०८० बागेश्वरी पोस्ट
सरकार ठूलो अग्नीपरीक्षामा छ: उद्योग मन्त्री भण्डारी

नेपालगन्ज । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वर्तमान सरकारलाई असफल हुने छुट नभएको बताएका छन् । डल्फिन ग्रुपको १४औं वार्षिकोत्सब समारोहलाई आज नेपालगन्जमा सम्बोधन गर्दै मन्त्री भण्डारीले मुलुकमा चुनौतीका चाङ थुप्रै भएकाले सरकार ठूलो अग्नीपरीक्षामा रहेको बताए । उनले जनतामा छाएको निराशा र आक्रोशलाई प्रखर ढंगले सम्बोधन गर्नुपर्ने दायित्व रहेको उल्लेख गरे । अहिले अग्रगमन पक्षधरबीच संसदमा सहकार्य भएको चर्चा गर्दै उनले राष्ट्रिय आकांक्षा पूरा गर्ने अभिभाराका साथ सरकार अगाडि बढ्ने बताए ।

आयातमुखी अर्थतन्त्रलाई सन्तुलनमा ल्याउनुपर्ने टड्कारो आवश्यकता रहेको भन्दै मन्त्री भण्डारीले चुलिँदो व्यापार घाटा कम गर्ने कार्ययोजनाका साथ सरकार अगाडि बढ्ने बताए । उनले नेपालको अर्थतन्त्र बलियो बनाउन उद्योगी व्यवसायीलाई सक्षम बनाउन लगानीमैत्री वातावरण बनाउन सरकार लागिपर्ने बताए । कानुन निर्माण र संशोधन गरेर भएपनि लगानीमैत्री वातावरण बनाउन सरकार उच्च इच्छाशक्तिका साथ लाग्ने मन्त्री भण्डारीको भनाई छ । निजी क्षेत्र उत्साहित भएन भने समृद्धिको दिशामा अगाडि बढ्न नसकिने बताउँदै उनले सरकार निजी क्षेत्रसंगै सहकार्य गरेर जाने स्पष्ट पार्नुभयो । मन्त्री भण्डारीले आफ्नो कार्यकाललाई स्मरणीय बनाउन दत्तचित्त भएर लाग्ने बताए ।

कार्यक्रममा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी खुला सीमानाले नेपाली सीमावर्ती बजार समस्यामा रहेको बताए । वार्षिकोत्सब समारोह डल्फिन ग्रुपका अध्यक्ष सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । डल्फिन ग्रुपले खाद्यान्न र पशुपंक्षीको दाना उत्पादन गर्दै आएको छ ।


 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइँदैनः राठौर
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
उम्मेदवार सिफारिसः हेर्नुहोस् कांग्रेस बाँकेले क-कसको नाम प्रदेशमा पठायो !
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको छः माधव नेपाल
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
नेपाली कम्युनिष्ट पार्टी बाँकेको एकता सन्देश सभालाई नेपालले सम्बोधन गर्ने 
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP