नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापन अब सहज, बाबाघाटमा बन्यो अस्थायी ट्रेन्च केन्द्र
नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापन अब सहज, बाबाघाटमा बन्यो अस्थायी ट्रेन्च केन्द्र
बागेश्वरी पोस्ट
शुक्रबार, चैत १६, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापन अब सहज, बाबाघाटमा बन्यो अस्थायी ट्रेन्च केन्द्र

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकामा अब दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य भएको छ । वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएपछि बर्षौंदेखिको समस्या अन्त्य भएको हो  । नगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्रको आज उद्घाटन गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अस्थायी ट्रेन्च केन्द्र नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ । 

May be an image of 4 people and text

ट्रेन्च केन्द्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्याएसँगै अब खुला ठाउँमा दिसाजन्य फोहोर फाल्नु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताए । नगर प्रमुख विष्टले खुला ठाउँमा दिसाजन्य फोहोर फाल्दा त्यसले पानीको सतहलाई समेत प्रदूषित पार्ने र संक्रामक रोगको महामारी फैलिने जोखिम टरेको बताए । “आज नेपालगञ्ज उपमहानगरपालिकाका लागि सुखद दिन हो, घरजन्य र स्वास्थ्यजन्य फोहोर ब्यवस्थापन साइट यसअघि नै बनिसके पनि दिसाजन्य लेदो ब्यवस्थापन कसरी गर्ने भन्ने टाउको दुःखाई थियो तर आज अस्थायीरुपमै भएपनि संरचना बनेको छ, यसले निकै सहज हुनेछ,” विष्टले भने–“स्थायी ट्रेन्च केन्द्र बनाउनका लागि डम्पिंग साइट क्षेत्रमै डिपीआर भएर काम अगाडि बढेको छ, संघीय सरकारसंग पनि सहयोग मागेका छौं, आशा छ त्यो काम पनि छिट्टै सुरु हुनेछ ।” अस्थायी ट्रेन्च केन्द्रको नियमन र अनुगमन गर्न संयन्त्र बनाइने उनले जानकारी दिए । 

May be an image of 8 people and text

एसएनभीकी वास टिम लिडर खवाजाले यसले नेपालगञ्ज उपमहानगरपालिकाको सुरक्षित दिसाजन्य लेदो ब्यवस्थापनको प्रयासलाई सहयोग पुर्याउने विश्वास ब्यक्त गरिन् । यसले नेपालगञ्जलाई स्वास्थ्यजन्य हिसाबले सुरक्षित बनाउन यसले भूमिका खेल्ने बताइन् । कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, विपद तथा वातावरण समिति संयोजक एवम् वडा नम्बर ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, वडा नम्बर २० का वडा अध्यक्ष कौशलकुमार धोबी, वातावरण शाखा प्रमुख प्रकाश डिसी लगायतको उपस्थिति थियो । 

२४ लाख लागतमा निर्माण गरिएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी केन्द्रको जग्गा पाँच बर्षका लागि लिजमा लिइएको छ । दुई विगाहा क्षेत्रफलमा रहेको अस्थायी केन्द्रमा १७ वटा खाल्डा खनिएका छन् । एसएनभीका कन्सल्टेन्ट इन्जिनियर मुनबहादुर खड्काका अनुसार दिसाजन्य लेदो व्यवस्थापन गर्न ४० मिटर लम्बाई, २ मिटर उचाई र १.२० मिटर चौडाई भएका खाल्डा खनिएका छन् । वरिपरि तारजाली लगाएर सुरक्षित बनाइएको छ । खड्काले द्रुत गतिमा काम गरेर एक महिनामै ट्रेन्च केन्द्रको निर्माण कार्य सम्पन्न गरेको बताए । 

May be an image of 3 people, people skeet shooting and text

May be an image of 9 peopleMay be an image of 6 people, tree and textMay be an image of 1 personMay be an image of 4 people and text


 


प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP