prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • 'विपद् व्यवस्थापनका अनुभव आदानप्रदान'
'विपद् व्यवस्थापनका अनुभव आदानप्रदान'
RSG-2
ललितपुरको टोली पनि नेपालगञ्ज आउँदै
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २३, २०८० बागेश्वरी पोस्ट
'विपद् व्यवस्थापनका अनुभव आदानप्रदान'

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट नेतृत्वको टोली र राष्ट्रिय  विपद जोखिम न्यूनीकरण प्राधिकरणका उच्च अधिकारीहरुबीच विपद् व्यवस्थापनका अनुभव आदानप्रदान गरिएको छ । लुम्बिनी प्रदेश गृह मन्त्रालय, प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र र सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) का प्रतिनिधिसहितको टोली प्राधिकरणको भ्रमणमा गएको हो ।

May be an image of 4 people, people studying, people smiling and text

त्यस अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको जिम्मेवारी रहेको भन्दै मुख्य कार्यान्वयनको काम पालिकाले नै गर्नुपर्ने धारणा राखे । उनले पालिका र प्रदेशलाई आवश्यक सहयोग गर्न प्राधिकरण सधैं तयार रहेको पनि बताए । यसैगरी प्राधिकरणका सहसचिव भरतमणि पाण्डेले विपद् व्यवस्थापनका ऐन, कानुन, कार्यविधिहरुबारे भ्रमण टोलीलाई जानकारी गराएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा विपद्का घटना हुँदा नेपालगञ्जले स्टेशनका रुपमा काम गरिरहेको बताए । उनले भारतमा आगलागी हुँदा पनि पालिकाले दमकल र जनशक्ति पठाएर मद्दत गर्ने गरेको भन्दै पालिकालाई साधन स्रोत सम्पन्न बनाउन र क्षमता अभिबृद्धिमा सहयोग गर्न आग्रह गरे । यसअघि प्राधिकरणका अधिकारीहरुको टोलीले पनि नेपालगञ्ज उपमहानगरपालिकाको भ्रमण गरी विपद् व्यवस्थापनमा भएका कामहरुबारे जानकारी लिएको थियो ।

May be an image of 3 people

साथै ललितपुर महानगरपालिकामा विपद व्यवस्थापनका सिकाई आदानप्रदान पनि गरिएको टोलीमा सहभागी आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । कार्यबहाक नगर प्रमुखले टिमलाई स्वागत गर्दै महानगरपालिकाले सञ्चालन गरिरहेको दमकल सेवा, नगर प्रहरी सेवा, सरसफाई लगायतका विषयमा जानकारी गराउँदै आगामी दिनमा राम्रा अभ्यासहरुलाई दुवैले अनुशरण गर्न जोड दिइएको छ । टिमले दमकल सेवा, नगर प्रहरी सेवावारे प्रत्यक्ष अवलोकन समेत गरेको थियो । ललितपुर महानगरपालिकले पनि सोमबार नेपालगञ्ज उपमहानगरपालिका अवलोकन गर्ने कार्यक्रम तय भएको छ । साथै राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र, राष्ट्रिय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रको समेत अवलोकन गरिएको थियो ।

May be an image of 8 people and text

सिकाई आदानप्रदान कार्यक्रमको संयोजन (सुपर) ले गरेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा छ ।  

May be an image of 15 peopleMay be an image of 11 people, people studying and text


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP