prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीले धम्की दिएपछि चौतर्फी भत्सर्ना
पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीले धम्की दिएपछि चौतर्फी भत्सर्ना
RSG-2
एसपी बोहरामाथि छानबिन गर्न बन्यो समिति
बागेश्वरी पोस्ट
शुक्रबार, चैत २३, २०८० बागेश्वरी पोस्ट
पत्रकार महासंघ अध्यक्ष भण्डारीलाई एसपीले धम्की दिएपछि चौतर्फी भत्सर्ना

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई समाचार प्रकाशनको विषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक सुवास बोहराले दिएको धम्कीप्रति पत्रकारका संगठनहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल पत्रकार महासंघले छुट्टै र अन्य आस्थाका संगठनहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने कार्यको घोर भत्र्सना गरेका छन् । महासंघ सचिव कमल डाँगीले एक छुट्टै विज्ञप्ती तथा नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य र प्रगतिशील पत्रकार पत्रकार संघका संयोजक तिलक गाउँलेले संयुक्त विज्ञप्ती प्रकाशित गरी निन्दा गरेका हुन् । 

May be an image of text

"आफूसंग सम्बन्धित समाचार प्रकाशित भएको विषयमा प्रहरी उपरीक्षक बोहराले सद्भाव दैनिक पत्रिका र सेतोखरी अनलाइनका सम्पादक भण्डारीलाई समाचार रोक्न धम्क्याएका छन् । कानुन कार्यान्वयन गर्ने जिम्मेवार पदमा आसिन ब्यक्तिले आफ्नो पदीय मर्यादा र जवाफदेहिता विर्सिएर समाचारका समाचारको विषयलाई लिएर हतोत्साहित गर्ने र आतंकित पार्ने कार्यको घोर निन्दा गर्दछौं," विज्ञप्तीमा भनिएको छ । प्रहरी उपरीक्षक बोहरामाथि कारवाहीको माग समेत गरिएको छ । पछिल्लो समय पत्रकारमाथि निरन्तररुपमा भइरहेको आक्रमणका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासन समक्ष माग पनि गरिएको छ । समयमै नसच्चिए प्रेस स्वतन्त्रता विरोध कार्य विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिइएको छ । पत्रकार भण्डारीले बोहराले तस्करसंग पैसा उठाउन टिम नै बनाएर परिचालन गरेको समाचार सम्प्रेषण गरेका थिए । 

May be an image of text

यस्तै इन्सेक, बार लगायत मानव अधिकारकर्मी, कानुन व्यवसायी र नागरिक समाजका संघसंगठन एवम् प्रतिनिधिहरुले पनि संयुक्त विज्ञप्ती निकालेर भण्डारीको सुरक्षाको प्रत्याभूति गराउन र संविधान प्रदत्त अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् । यसैबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतको नेतृत्वमा एसपी बोहरामाथि छानविन गर्न समिति बनाएको र छानबिन प्रक्रिया अगाडि बढेको जनाएको छ । 

May be an image of text


प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP