Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: कांग्रेस नेता कोइराला
प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: कांग्रेस नेता कोइराला
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, फागुन १०, २०७६ बागेश्वरी पोस्ट
प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: कांग्रेस नेता कोइराला

नेपालगन्ज ।नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित नेताहरुले नेपालगन्जस्थित नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन सचिवालयको अवलोकन गर्नु भएको छ ।

प्रदेश पाँचका विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी हुन नेपालगन्ज आइपुग्नु भएका कोइरालासहित केन्द्रीय सदस्यद्वय दीपक गिरी र डा. चन्द्र भण्डारी तथा पूर्वमन्त्री एवम् प्रतिनिधि सभाका सांसद सञ्जय गौतम, कांग्रेस बाँकेका सभापति किरण कोइरालालगायतले शनिबार(आज) बिहान युनियनको सचिवालय अवलोकन गर्नु भएको हो।

सचिवालय अवलोकन पश्चात् नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस केन्द्रिय सदस्यसमेत रहनु भएका नेता कोइरालाले वर्तमान सरकार भ्रष्टाचार र अनियमिततामा डुबेकोे कुराको पुष्टि हालैको सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डले गरेको बताउनु भयो। उक्त प्रकरणमा सरकारमै रहेका व्यक्तिको संलग्नता रहनुले अब वर्तमान सरकार चलाउने नैतिकता नभएको जोड दिनुभयो ।

बरु राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने कोइरालाको सुझाव छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्छ कि पर्दैन भन्ने प्रश्न उठिसकेको उहाँले बताउनु भयो । ‘बालुवाटार प्रकरणमा सरकार र अख्तियारबीचको मिलेमतो हामीलाई स्वीकार्य छैन,’ उहाँले भन्नुभयो, ‘सेक्युरिटी प्रिन्टिङ प्रेस काण्डमा पनि सरकारका उच्च ओहोदाका व्यक्तिहरु सहभागी हुनुहुन्छ भन्ने देखिन्छ, जो–जो हुनुहुन्छ, उहाँहरुले नैतिकताको आधारमा राजीनामा दिएर अनुसन्धानको बाटो खोलिदिनुपर्छ भन्ने हाम्रो माग हो ।’

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा नीतिगत भनेर केही पूर्वप्रधानमन्त्रीलाई छुट दिएको र कसैलाई जग्गा फिर्ता गर्दैमा छुट दिएको भन्दै असन्तुष्टि जनाउनु भयो । देश अप्ठ्यारो अवस्थामा रहेको र नेपाली प्रेसका लागि पनि अत्यन्त कठिन दिन आइराखेको कोइरालाले बताउनु भयो ।

नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न पत्रकार भेटघाटमा नेपाल प्रेस युनियन नवौं राष्ट्रिय महाधिवेशन स्थानीय व्यवस्थापन समितिका संयोजक एवम् युनियनका उप–महासचिव प्रेम केसीले नेपालगन्ज महाधिवेशनको तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै महाधिवेशनलाई सफल पार्न सहयोगको आह्वान गर्नुभयो ।


प्रकाशित मिति: शनिबार, फागुन १०, २०७६  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP