prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • माइती नेपालको ३२औं स्थापना दिवसमा विविध कार्यक्रम
माइती नेपालको ३२औं स्थापना दिवसमा विविध कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, चैत २५, २०८० बागेश्वरी पोस्ट
माइती नेपालको ३२औं स्थापना दिवसमा विविध कार्यक्रम

नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ स्थापना भएको माइती नेपालको ३२औं स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्ध नेपाल–भारत सीमा जमुनाहा नाकामा सामूहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टाँस्नुका साथै बितरण गर्दै व्यानर प्रदर्शन गरिएको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरमा चेतनामूलक सडक नाटक ‘भूल’ प्रदर्शन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउँछन्, त्यस्ता दलालबाट कसरी बच्ने, स्थानीय सरकार एवं स्थानीय समुदायको भूमिका कस्तो हुनुपर्दछ भन्ने प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाको अगुवाईमा नाटक प्रदर्शन भएको थियो ।

नाटकको समापन कार्यक्रममा बोल्दै कोहलपुर १ वडा अध्यक्ष बद्रीप्रसाद जैसीले मानव बेचबिखन बिभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुँदा सबै सचेत भई यसबिरुद्व लाग्नुपर्नेमा जोड दिए । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव बेचबिखन सबैको साझा समस्या भएकाले यस बिरुद्ध सबैको संयुक्त सक्रियता आवश्यक रहेको बताए । कार्यक्रममा कोहलपुर—१ का वडा सदस्यहरु शितली दमाई, कविराम पुलामी मगर, स्थानीय प्रहरी, युवा, बिद्यार्थी, संचारकर्मी समेतको उपस्थिति रहेको थियो ।

माइती नेपालले समुदायस्तरसम्म स्थानीय बिद्यार्थी, युवा, अभिभावक समेतको समूह गठन गरी थप सशक्तिकरण गरेर परिचालन, सरकारी तथा गैरसरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियाशिलतामा वृद्धि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनबिरुद्ध निर्मित ऐन नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।

२०४९ साल चैत्र २४ मा  “हाम्रो आवाज:चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मूल नाराका साथ स्थापना भएको संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामूलक कार्यक्रमहरु समुदायस्तरसम्म संचालन गर्नुका साथै नेपालका बिभिन्न नाकाहरुमा सूचना तथा परामर्श केन्द्र स्थापना गरी जोखिमपूर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्दार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्दार, आवासीय सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता, स्वास्थ्य सेवा लगायत प्रदान गर्दै सीपमूलक तालिम, परिवार र समाजमा पुनर्मिलनका कार्य गर्दै आएको संयोजक कोइरालाले जानकारी दिए ।


प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP