prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्जमा क्षयरोगी पहिचान गर्न खोजपडताल गरिने
नेपालगञ्जमा क्षयरोगी पहिचान गर्न खोजपडताल गरिने
banijya office
बागेश्वरी पोस्ट
मंगलबार, चैत २७, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा क्षयरोगी पहिचान गर्न खोजपडताल गरिने

नेपालगञ्ज । नेपालगञ्जमा क्षयरोगी पहिचान गर्न खोजपडताल गरिने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले लुप्त अवस्थामा रहेका क्षयरोगीहरुको पहिचान गर्न खोजपडताल गर्ने भएको हो । 

nepalgunj 081-082

स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले वडा वडामा क्षयरोगी पहिचान गर्न स्वयंसेवक खटाइने बताए । २३ वटै वडामा एक एक जना स्वयंसेवक छनौट गरेर बस्ती बस्तीमा परिचालन गरिनेछ । नेपालगञ्जलाई क्षयरोगमुक्त पालिका घोषणा गर्नका लागि जनप्रतिनिधिहरुलाई अभिमुखीकरण तथा पालिकास्तरीय समिति गठन कार्यक्रममा चन्दले यसपछि वडा वडामा वडास्तरीय समिति बनाएर क्षयरोगमुक्त घोषणा अभियान सञ्चालन गर्ने जानकारी दिए । क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न समुदायमा रहेका सम्भावित क्षयरोगका विरामीहरुको द्रुत पहिचान, रोकथाम, निदान र उपचारको लागि क्षयरोगमुक्त पालिका पहल कार्यक्रम सञ्चालन गरिएको छ ।

बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । जसमा नेपालगञ्ज उपमहानगरपालिकाका १८० जना छन् । नेपालगञ्जमा ४०४ जना क्षयरोगी रहेको अनुमान गरिए पनि १८० मात्र फेला परेका हुन् । जुन ४४ प्रतिशत मात्र हो । चन्दका अनुसार अन्य ५६ प्रतिशत विरामी खोज्न अभियान चलाउन थालिएको हो । गत बर्ष नेपालगञ्ज उपमहानगरपालिकामा ३६१ जना क्षयरोगी फेला परेका थिए । कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताए । उनले नियमति औषधि सेवन गरे क्षयरोग निको हुन्छ, अन्यथा यो घातक रोग हो भन्ने बुझाई सबैमा हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नगर उप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्का, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । 

नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक छ ।


प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १७:२६
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
योग समिति नेपालले बाँकेमा पनि मनायो अन्तर्राष्ट्रिय योग दिवस
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
बाँके पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
स्वास्थ्य क्षेत्रको लागि सामाजिक जवाफदेहिता परीक्षण सम्बन्धि क्षमता विकास अभिमुखीकरण
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
मातृ तथा बाल स्वास्थ्य सुधारका लागि लुम्बिनीका ५ जिल्लामा पोषण विशेष कार्यक्रम
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP