prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • संवाद यात्राका क्रममा कांग्रेस महामन्त्री थापा दिनभर बाँकेमा, 'पुनर्जागरण'मा जोड
संवाद यात्राका क्रममा कांग्रेस महामन्त्री थापा दिनभर बाँकेमा, 'पुनर्जागरण'मा जोड
banijya office
'प्रेस युनियन बाँकेको भित्तेपात्रो विमोचन'
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १, २०८१ बागेश्वरी पोस्ट
संवाद यात्राका क्रममा कांग्रेस महामन्त्री थापा दिनभर बाँकेमा, 'पुनर्जागरण'मा जोड

नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा आज नयाँ बर्ष २०८१ को प्रारम्भका दिन दिनभर बाँकेमा ब्यस्त भएका छन् । समुदायमा कांग्रेस अभियान अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित संवाद यात्राका क्रममा रहेका महामन्त्री थापा आज जिल्लाका तीन ठाउँमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए ।

nepalgunj 081-082

दिउँसो २ बजेपछि सुरु भएको उनको कार्यक्रम राती साढे ८ बजेसम्मै जारी रह्यो । डुडुवाको मिलनचोक र नेपालगञ्जको त्रिभुवनचोकमा जनतासंग संवाद गरेका थापाले साँझ पार्टी कार्यालयमा नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको भित्तेपात्रो विमोचन र कार्यकर्ता भेटघाट गरे । संवाद यात्राका क्रममा महामन्त्री थापाले दिउँसो डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीस्थित मिलनचोकमा आयोजित कार्यक्रममा जनताका कुरा सुने अनि आफ्ना कुरा राखे । त्यहाँ मगन्ता समुदायले पनि महामन्त्री थापासमक्ष आफ्ना समस्या दर्शाएका थिए ।

May be an image of 8 people, dais and wedding

त्यसक्रममा बोल्दै थापाले यात्राका क्रममा आफूले देखेका समस्या राजधानी पुगेर सरकार र शीर्ष नेतृत्वसमक्ष राख्ने र समाधानको पहल गर्ने बताए । हुलाकी राजमार्गको अवस्था बुझ्न, जनतासंग संवाद गर्न र आवश्यक पहलका लागि सरकारको ध्यानाकर्षण गराउन आफू संवाद यात्रामा निस्केको बताउँदै उनले झापादेखि बाँकेसम्मको अवस्था अवलोकन गर्दा अझै कैयौं अवरोध र कामहरु बाँकी नै रहेको आफूले पाएको बताउँदै काठमाण्डौ पुगेर संसदमा कुरा उठाउने, प्रधानमन्त्री लगायत विभागीय मन्त्रीसंग यसबारेमा कुरा गर्ने बताए । हुलाकी राजमार्ग तराईको लाइफलाइन भएको भन्दै महामन्त्री थापाले यसको निर्माण कार्यलाई चाँडै सम्पन्न गर्न दृढ इच्छाशक्ति र काम गर्ने तवरतरिका बदल्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय गौरबको सिक्टा सिंचाई आयोजना बाँकेबासीका लागि बरदान साबित हुने आयोजना भएपनि निर्माण कार्यमा भइरहेको ढिलाईले लागतको अनुपात बढाइरहेको भन्दै पर्याप्त बजेटको व्यवस्था र मुआब्जा समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराइने बताए । काम गर्ने मोडेलमै त्रृटी भइरहेको भन्दै उहाँले यशासमयमा सक्न राष्ट्रिय गौरवको आयोजना प्रमुख प्राथमिकतामा पर्नुपर्ने बताए ।

May be an image of 10 people and text

नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेका सभापति रमेशकुमार गुप्ताको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रिय सदस्यहरु मधु आचार्य, प्रतिमा गौतम, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।

यता त्रिभुवन चोकमा आयोजित कार्यक्रममा बादी समुदाय, अपांगता भएका समुदाय लगायतले थापासमक्ष आफ्ना कुरा राखेका थिए । त्यसक्रममा थापाले मुलुक बनाउन साझा सोच र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्नेमा जोड दिँदै अनुत्पादक क्षेत्रमा भइरहेको लगानी बन्द गर्नुपर्ने बताए । मुलुक बाहिर गएर युवाहरुले कमाई गरेर पठाएको पैसा कृषिमा लगानी गर्न सके मात्र मुलुक बन्ने जिकिर गर्दै उनले अनुत्पादक क्षेत्रमा भइरहेको लगानीलाई निरुत्साहित गर्नुपर्ने बताए । गठबन्धनरुपी फोहोरबाट बाहिर निस्केको कांग्रेसले अब आफूलाई सुदृढ बनाएर लैजानुपर्ने बताए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव सुनिलसिंह हमालले गरेका थिए । 

May be an image of one or more people, temple and crowd

यस्तै पार्टी कार्यालयमा प्रेस युनियन बाँकेको भित्तपात्रो विमोचन र कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री थापाले नयाँ बर्ष २०८१ लाई कांग्रेसले पुनर्जागरणको बर्ष बनाउनुपर्ने बताए । त्यसका लागि पार्टीमा शुद्धिकरण र सुदृढीकरण आवश्यक हुने बताउँदै उनले नयाँ ढंगले अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । थापाले अहिले देखा परेका थुप्रै बेथितिहरुलाई किनारा लगाउन सशक्त भूमिका खेल्दै पार्टीलाई सुदृढ बनाएर लैजानुपर्ने बेला आएको बताए । भित्तेपात्रो विमोचन कार्यक्रम प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यकर्ता भेटघाट कार्यक्रम कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन सचिव सुधांशु कोइरालाले गरेका थिए । 

महामन्त्री थापा भोलि विहान उद्योगी व्यवसायीसंगको संवादमा हुनेछन् । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको कार्यक्रममा उनले संवाद गर्नेछन् । त्यसपछि खजुरामा पार्टी कार्यकर्ता भेटघाट तथा सुशील कोइराला क्यान्सर अस्पतालको अवलोकन गर्नेछन् । 


प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  २०:१०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP