prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • २०८० को विपद् घटनामा ४९३ जनाले ज्यान गुमाए
२०८० को विपद् घटनामा ४९३ जनाले ज्यान गुमाए
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ३, २०८१ बागेश्वरी पोस्ट
२०८० को विपद् घटनामा ४९३ जनाले ज्यान गुमाए

नेपालगन्ज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वि.सं. २०८० मा विपद्जन्य घटनाबाट देशभरमा ४९३ जनाको मृत्युु भएको जनाएको छ । विपद्जन्य घटनामा ३१ जना बेपत्ता भएको र १ हजार ६१६ जना घाइते भए ।

२०८० भर ६ हजार ४ सय ४ विपद् घटनामा ८० हजार ७१६ परिवार प्रभावित बनेको प्राधिकरणले जनाएको छ । विपद्जन्य घटनामा कुल ५ अर्ब ४२ करोड ५६ लाख रुपैयाँँको भौतिक संरचना क्षति भएको हो ।

२०८० कार्तिकमा जाजरकोटमा गएको भूकम्पबाट सबैभन्दा बढी १५५ जनाको मृत्यु भएको हो । देशभर २०८० वैशाखदेखि चैत मसान्तसम्म आगलागीका ४ हजार ६१ भए । जसमा परेर १०६ जनाको मृत्यु हुँदा ५०६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । आगलागीबाट ५ हजार १३० परिवार प्रभावित भएको घटनामा २ अर्ब ५२ करोड रुपैयाँ बढीको क्षति भएको हो ।

२०८० सालभर देशभर २५० चट्याङका घटना भए । ती घटनामा परेर ४६ जनाको मृत्यु हुँदा २२८ जना घाइते भएका थिए ।

देशभर जनावरको आक्रमणबाट ४५ जनाले ज्यान गुमाउँदा २७८ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै उच्च उचाइका कारण १५ जनाको मृत्यु भयो भने पहिरोमा परेर ५०, हिमपहिरोमा १२, सर्पदंशबाट २० र डढेलोबाट ११ जनाले ज्यान गुमाएका हुन् ।

विपद्जन्य घटनामा २०८० मा  बाढी-पहिरो, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, वर्षा, गैरप्राकृतिक विपद् , हावाहुरी ,भूकम्प, फ्लू, जनावरबाट आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए ।


प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP