prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • पराजितहरुबाट भरिँदैछ राष्ट्रियसभा !
पराजितहरुबाट भरिँदैछ राष्ट्रियसभा !
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, फागुन ११, २०७६ बागेश्वरी पोस्ट
पराजितहरुबाट भरिँदैछ राष्ट्रियसभा !
वामदेव गौतम र नारायणकाजी श्रेष्ठ

काठमाडौं । गोर्खा–२ बाट प्रतिनिधिसभा निर्वाचनमा पराजित नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभामा प्रवेश गराएपछि नेकपा अब बर्दिया–१ बाट हारेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने तयारी भइरहेको छ ।

जसरी भए पनि प्रधानमन्त्री हुनै पर्ने रहर पालेर बसेका नेकपाका उपाध्यक्ष गौतम गएको माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुने अस्वीकार गरेका थिए । उनको शर्त थियो– संविधान संशोधन गरेर राष्ट्रिय सभाका सांसदहरुले पनि प्रधानमन्त्री हुन पाउने व्यवस्था भए मात्रै सांसद हुन्छु । नत्र हुँदिनँ ।’

तर एक महिना बित्न नपाउँदै उपाध्यक्ष गौतम राष्ट्रिय सभाकै सांसद युवराज खतिवडाको स्थानमा प्रवेश गर्न खोज्दैछन् । मनोनित सांसद खतिवडाको अवधि फागुन २० मा समाप्त हुँदैछ ।

प्रतिनिधिसभाको सांसद बन्ने र आफ्नै पार्टी अध्यक्ष केपी ओलीलाई विस्थापित गरेर प्रधानमन्त्री हुने चाहना बामदेव गौतमको देखिन्छ । यसअघि उनले काठमाडौं–७ का सांसद रामवीर मानन्धरलाई पदबाट लगभग राजीनामा दिन लगाइसकेका थिए ।

त्यसअघि डोल्पाका सांसद धनबहादुर बुढालाई पनि राजीनामा दिन लगाउने र उत्पन्न हुने उपनिर्वाचनबाट प्रतिनिधिसभा प्रवेश गर्ने गौतमको चाहना पूरा भएको थिएन ।

लगत्तै हेलिकोप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको निधन भएपछि उनको कास्की–२ बाट पनि निर्वाचन लड्ने गौतमको चाहना रहेको चर्चा छ । तर जनमत गौतमतर्फ विकास नभएपछि उनी पछि हट्न बाध्य भए ।

अहिले भने उनी प्रधानमन्त्री हुने चाहना त्यागेर सांसद बन्न लागेका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन ११, २०७६  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
पूर्व प्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
जेन-जी आन्दोलन: बाँकेमा आगजनी, तोडफोड र लुटपाट भएका संरचना
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
बाँके काँग्रेसले भन्यो:संविधानसम्मत निकास अबको एक मात्र विकल्प
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP