नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भेटेरिनरी दिवसमा पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धि अन्तरक्रिया
भेटेरिनरी दिवसमा पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धि अन्तरक्रिया
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १५, २०८१ बागेश्वरी पोस्ट
भेटेरिनरी दिवसमा पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धि अन्तरक्रिया

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले भेटेरिनरी दिवसको अवसरमा सरोकारवालासँग पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धि अन्तरक्रिया गोष्ठी गरेको छ । ‘पशु चिकित्सकहरु आवश्यक स्वास्थ्यकर्मी हुन्’ भन्ने नारा रहेको दिवसमा नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले सरोकारवालासँग पशु कल्याण तथा जुनोटिक रोगसम्बन्धि अन्तरक्रिया गोष्ठी गरेको हो ।

गोष्ठीमा पशु प्रजनन कार्यालय, गौघाटका पशु विकास अधिकृत डा. मिलनकुमार चौधरीले पशु कल्याण र जुनोटिक रोग सम्बन्धमा सहजीकरण गरेका थिए । नेपालमा पशु कल्याणको निर्देशिका बने पनि कानून बनेको छैन । सर्वोच्च अदालतले कानून बनाउन आदेश गरिसकेको छ । पशु कल्याणमा पशुलाई गरिने व्यवहार जोडिन्छ ।

डा. चौधरीले पशुबाट मान्छेमा र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगबारे जानकारी दिएका थिए । रेविज, ब्रुसेलोसिस, वर्डफ्लु लगायत रोगका बारेमा जानकारी दिइएको थियो । नेपालमा वर्षेनी तीन हजार दुई सय मान्छेलाई कुकुरले टोक्ने गर्दछ । त्यस मध्येमा दुई सय मानिसको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो । रेविज कुकुरसँगै न्याउरीमुसा र चमेराले टोक्दा पनि लाग्ने गर्दछ । कुनै कुकुरले मान्छेलाई टोकेको छ भने त्यो कुकुरलाई ८–१० दिन बाँधेर राखेमा रेविज लागेको कुकुर हो भने मरिहाल्ने डा. चौधरीले बताए ।

नेपालगञ्ज उपमहानगरपालिका पशु सेवा शाखाका प्रमुख लक्ष्मी शाहीले भेनेरिनरी दिवसमा सरोकारवालालाई राखेर पशु कल्याणसम्बन्धि सचेतना गराइएको बताइन् । गोष्ठीमा नेपालगञ्ज उपमहानगरपालिका–९ का अध्यक्ष गोविन्द रेग्मी, कार्यपालिका सदस्य संगिता रेग्मी, विभिन्न वडाका सदस्य, किसानको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP