prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मुलुकको अवस्था फेर्न कांग्रेस-एमाले मिल्नुको विकल्प छैन: डा. कोइराला
मुलुकको अवस्था फेर्न कांग्रेस-एमाले मिल्नुको विकल्प छैन: डा. कोइराला
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २२, २०८१ बागेश्वरी पोस्ट
मुलुकको अवस्था फेर्न कांग्रेस-एमाले मिल्नुको विकल्प छैन: डा. कोइराला

नेपालगन्ज । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देश अत्यन्तै संकटको अवस्थामा रहेको बताएका छन् । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ र प्रदेश सभा ‘क’ र ‘ख’ को आज कोहलपुरमा आयोजित दोस्रो सम्मेलनलाई सम्वोधन गर्दै उनले सरकार फेरवदलका कारण देश अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताएका हुन् । ‘डेढ वर्षको अवधिमा तीन पटक सरकार परिवर्तन भइसक्यो, तीनै पटक सरकारको नेतृत्व गर्ने व्यक्ति प्रचण्ड भए,' उनले भने–‘यही अवस्था रहिरह्यो भने पाँच वर्षमा पाँच सात वटा सरकार बन्ने अवस्था देखिन्छ । यसले देशलाई कहाँ पुर्याउँछ ?’ उनले सरकार बदिएसँगै नीति समेत फेरिने भएकाले मुलुकको अवस्था संकटपूर्ण बन्दै गएको बताए । ‘सरकार फेरबदल हुनु अस्वभाविक होइन,' उनले भने–‘नेपालमा सरकार फेरिएसँगै नीति पनि फेरिने अवस्था बनिरहेको छ । यसले मुलुकमा सुशासन र सम्बृद्धि कायम गर्न सक्दैन ।’

nepalgunj 081-082

उनले राजनीतिक स्थायित्व नहुँदा मुलुक आर्थिक अवस्थाबाट समेत कमजोर बन्दै गएको उल्लेख गरे । हालै सम्पन्न लगानी सम्मेलनबाट विदेशीहरु नेपालमा लगानी गर्न खोजिरहे पनि राजनीतिक अस्थिरताका कारण ढुक्क भएर लगानी गर्ने बातावरण नभएको उनको भनाई छ । उनले मुलुकको यो अवस्था फेर्नका लागि दुई ठूला शक्ति काँग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताए । ‘यो कठिन छ तर विकल्प छैन,| उनले भने–‘मुलुकलाई सधैं अस्थिर बनाइराख्ने हो भने कसरी सम्बृद्ध हुन सक्छ ?’ अहिलेको अवस्था चिर्न निर्वाचन प्रणाली फेर्नुपर्नेमा उनको जोड थियो । ‘अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण कसैको पनि वहुमत पुग्ने अवस्था रहँदैन, जवसम्म बहुमत पुग्दैन सरकार बनाउन असम्भव छ,' उनले भने–‘काँग्रेस र एमाले मिल्ने हो भने करिब दुई तिहाई पुग्छ र निर्वाचन प्रणाली फेर्न सकिन्छ । त्यसका लागि पनि दुई शक्ति एक हुन जरुरी छ ।’

उनले सरकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको विषयलाई पनि कार्यक्रममा उठाएका थिए । उनले गृहमन्त्री लामिछानेको काँग्रेसले राजीनामा नमागेको बताए । जनताहरुले नै सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको बताइरहेकाले काँग्रेस त्यही कुरा संसदमा उठाएको बताए । उनले गृहमन्त्रीको राजीनामा नमागेर काँग्रेसले उनीमाथि छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गर्दै आएको बताए । उनले संसदमा यो विषय प्रवेश पाइसकेकाले संसदीय छानविन समिति नबनेसम्म काँग्रेसले आफ्नो अडानबाट पछि नहट्ने पनि प्रष्ट्याए । उनले पार्टीभित्रको आन्तरिक विषयमा पनि आफ्नो धारणा राखेका छन् । उनले अवका चुनावमा गठबन्धन नहुने भएकाले एक ढिक्का हुन काँग्रेस कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एक ढिक्का भएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्न निर्देशन दिए । उपनिर्वाचनको चुनावमा भएको पराजयले काँग्रेसलाई थप बलिएको बनाएको स्मरण गर्दै वरिष्ठ नेता डा. कोइरालाले आगामी चुनावमा सबै कार्यकर्ताहरु एक हुनुपर्ने बताए ।कार्यक्रमका प्रमुख अथिति समेत रहेका डा. कोइरालाले पार्टीलाई गतिशील र चलायमान बनाउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

यस्तै काँग्रेस सहमहामन्त्री किशोरसिंह राठोरले मुलुकको वृहत्तर हितका लागि काँग्रेस बाहेक अरु पार्टीको कल्पना गर्न नसकिने बताए । मुलुकका हरेक परिवर्तनमा नेपाली काँग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको राठोरले स्मरण गरे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुको विकल्प नभएको समेत बताए । उनले पार्टीमा त्यागको संस्कार सिक्न पनि कार्यकर्ताहरुलाई सुझाव दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले काँग्रेसलाई बलियो बनाउन संगठनका गतिविधिहरुलाई चलायमान बनाउनुपर्ने बताए । उनले भातृ संस्थाहरुको परिचालन हुन नसकेकोमा दु:ख व्यक्त गरेका छन् । पार्टीमा अनुशासन आवश्यक रहेकोमा पनि उनले जोड दिए ।

काँग्रेस लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले पार्टीमा खराव व्यक्तिहरुलाई पुरष्कृत गर्ने प्रवृत्ति हावी भइरहेको भन्दै त्यसलाई नीतिगत रुपमै निरुत्साहित गरिनुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले मुलुकको विकासका लागि काँग्रेसको नेतृत्व बाहेक अरु पार्टी असफल भएको बताए ।

काँग्रेस क्षेत्रीय सभापति पोषण केसीको अध्यक्षतामा भएको दोस्रो सम्मेलनमा काँग्रेस केन्द्रीय सदस्यहरु सञ्जय गौतम, गोपाल दहित, मधु आचार्य लगायतले पनि आ-आफ्नो धारणा राखेका थिए । आर्थिक र सांगठनिक प्रतिवेदन समेत पास गरिएको उक्त सम्मेलनमा विभिन्न व्यक्तिहरुलाई सम्मानित समेत गरिएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १६:५०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP