prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अधिबक्ता थारुलाई बिचौलियाको आरोप लगाउँदै पक्राउ गरिएपछि चर्को विरोध
अधिबक्ता थारुलाई बिचौलियाको आरोप लगाउँदै पक्राउ गरिएपछि चर्को विरोध
banijya office RSG-2
तत्काल बिना शर्त रिहाई गर्न र झुट्ठा मुद्दा फिर्ता लिन माग
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २५, २०८१ बागेश्वरी पोस्ट
अधिबक्ता थारुलाई बिचौलियाको आरोप लगाउँदै पक्राउ गरिएपछि चर्को विरोध

नेपालगञ्ज । अधिबक्ता सतिसचन्द्र थारुलाई बिचौलियाको आरोप लगाउँदै नियन्त्रणमा लिइएपछि सर्वत्र चर्को विरोध भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल नेतृत्वको टोलीले आइतबार आफनो पेशागत व्यवसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धि मुद्दाको कामका लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरमा प्रवेश गरी बस्तुगत आधार प्रमाण बेगर विचौलियाको आरोप लगाई थारुलाई नियन्त्रणमा लिएको भन्दै कानुन व्यवसायी, मानव अधिकारकर्मी र अन्य पेशागत संगठनहरुले आफूहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 

May be an image of blueprint, ticket stub and text

नेपालगञ्ज उच्च अदालत बारका कार्यसमिति सदस्य समेत रहेका अधिबक्ता थारुलाई पक्राउ गरिएपछि नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनले गम्भीर आपत्ति प्रकट गरेको छ । थारुमाथि लगाइएको झुठा मुद्दा फिर्ता लिई तत्काल रिहाई गर्न माग गरिएको छ । अध्यक्ष चित्र बहादुर शाही र सचिव गणेश प्रसाद शर्माले विज्ञप्ती निकालेर गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । यस्तै नेपाल बारका पूर्व उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, प्रल्हाद बहादुर कार्की, नेपालगञ्ज उच्च बारका अध्यक्ष शाही, पूर्व अध्यक्ष लोक बहादुर शाह, बल बहादुर चन्द, विकास आचार्य, पूर्व सचिव पदम पाण्डे, एड्भोकेसी फोरमका लुम्बिनी संयोजक बसन्त गौतम, इन्सेकका लुम्बिनी संयोजक भोला महत, गैरसरकारी संस्था महासंघ बाँके अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिना, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले संयुक्त विज्ञप्ती निकालेर उक्त घटनाको घोर भत्सर्ना गर्दै अधिबक्ता थारुलाई तत्काल रिहाई गर्न माग गरेका छन् । 

May be an illustration of ticket stub and text

कानुनले तोकेको विधि र प्रक्रिया समेत पालना नगरी अभद्र व्यवहारको मुद्दा दर्ता गरेकोप्रति गम्भीर ध्यानाकर्षण जनाइएको छ । पेशागत व्यवसायिक कामका सिलसिलामा अर्धन्यायिक निकायमा उपस्थित भएका कानुन व्यवसायीलाई विचौलियाको आरोप लगाई बनावटी अभद्र व्यवहार मुद्दा दर्ता गरेको विज्ञप्तीमा उल्लेख छ । पक्राउ परेका कानून व्यवसायी थारुलाई घरपरिवारका मानिस, कानुन व्यवसायी तथा बारका पदाधिकारी समेतसंग भेटघाट समेत गर्न नदिई हिरासतमा राखिएको जानकारी प्राप्त भएको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, विज्ञप्तीमा भनिएको छ, नेपालको संविधान र कानुनतः सार्वजनिक सरकारी अड्डा अदालत, न्यायिक अर्धन्यायिक निकायमा उपस्थित भई सेवाग्राहीको तर्फबाट बहस पैरवी र वकालत गर्न पाउने कानुन व्यवसायीको अधिकार नेपाल कानुनले नै प्रदान गरेकोमा पेशागत कार्यका लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरमा उपस्थित र आफू कानुन व्यवसायी भएको भनी नेपाल कानुन व्यवसायी परिषद्बाट जारी भएको परिचय पत्र देखाउँदा समेत गैरकानुनीरुपमा पक्राउ गरिएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । 

यस्ता घटना रोक्न र गैरकानुनीरुपमा बन्दी बनाइएका अधिवक्ता थारुलाई तत्काल बिना शर्त रिहाई गर्न र निज उपर लगाएको हचुवा एवं झुट्ठा मुद्दा फिर्ता लिन समेत माग गरिएको छ । 


प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP