prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामीद्वारा सुरक्षित बैदेशिक रोजगारीका लागि 'प्रहरीसंग अन्तरक्रिया' कार्यक्रम
सामीद्वारा सुरक्षित बैदेशिक रोजगारीका लागि 'प्रहरीसंग अन्तरक्रिया' कार्यक्रम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २७, २०८१ बागेश्वरी पोस्ट
सामीद्वारा सुरक्षित बैदेशिक रोजगारीका लागि 'प्रहरीसंग अन्तरक्रिया' कार्यक्रम

नेपालगञ्ज । सुरक्षित अप्रवासन कार्यक्रम (सामी) ले 'सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंगको अन्तरक्रिया कार्यक्रम' सम्पन्न गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सामीका कार्यक्रम संयोजक कमल सिंह नेपालीले हालसम्मको प्रगति विवरण, सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बैदेशिक रोजगार ऐन र प्रमुख जिल्ला अधिकारीको भूमिका तथा वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी नायब निरीक्षक धर्म बहादुर चन्दले प्रहरीको भूमिकाका विषयमा प्रस्तुतिकरण गरेका थिए ।  सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशीले सहजीकरण गरेको कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, आर्थिक विकास संयोजक एवम् वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, प्रहरी प्रतिनिधिहरुको सहभागिता रहेको सामीका घनश्याम वलीले जानकारी दिए । 

May be an image of table

आफ्नो प्रस्तुतिकरणमा संयोजक नेपालीले वैदेशिक रोजगारीमा समस्यामा परेका बाँकेका ३९ जनाले क्षतिपूर्तिस्वरुप १ करोड २६ लाख भन्दा बढी राहत रकम पाएको तथ्यांक प्रस्तुत गरेका छन् । सामीको सहजीकरणमा चालू आर्थिक वर्षको हालसम्म वैदेशिक रोजगारीका क्रममा विभिन्न समस्यामा परेका उनीहरूले राहतस्वरुप उक्त रकम प्राप्त गरेका हुन् । 

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, अंगभंग, उद्धार तथा जालसाजीमा परेका उनीहरूले सामी कार्यक्रमको समन्वयमा बैदेशिक रोजगार बोर्डबाट १ करोड २६ लाख १९ हजार ४ सय ४० रुपैयाँ प्राप्त गरेको सामीका कार्यक्रम संयोजक नेपालीले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिकाका १३ जनाले ३२ लाख ५० हजार, कोहलपुर नगरपालिकाका ९ जनाले ४५ लाख ५० हजार, खजुरा गाउँपालिकाका ३ जनाले ५ लाख २९ हजार ४ सय ४०, बैजनाथ गाउँपालिकाका ८ जनाले २१ लाख र अन्य ठाउँका ६ जनाले २१ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गरेको नेपालीले बताए । 

May be an image of one or more people and dais

यस्तै आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा लिनेको संख्या ९ हजार ६ सय २० छ । ती मध्ये नेपालगञ्जका २ हजार ३ सय ४१, कोहलपुरका २ हजार १९, खजुराका १ हजार ४ सय ९१, बैजनाथका १ हजार ३ सय ९९ र अन्य ठाउँका २ हजार ३ सय ७० जना छन् । जुन लक्ष्य भन्दा झण्डै दोब्बर हो । यसैगरी रिटर्नी स्वयंसेवक परिचालनमार्फत घर भेट तथा सूचना प्रवाहको कार्य प्रगति पनि उल्लेखनीय रहेको सामीका कार्यक्रम संयोजक नेपालीले बताउनुभयो । १० हजार ८ सय लक्षित संख्या रहेकोमा त्यो संख्या ८ हजार ९ सय ९८ छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

सामीले बैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।

No photo description available.May be an image of lighting and dais


प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP