prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • उपेन्द्रजीको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँः राई
उपेन्द्रजीको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँः राई
banijya office
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २९, २०८१ बागेश्वरी पोस्ट
उपेन्द्रजीको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँः राई

नेपालगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीमा एकलौटी निर्णय गरेकै कारण आफूहरु अलग भएको नवगठित जनता समाजवादी पार्टी (जसपा) का महासचिव मोहम्मद इस्तियाक राईले बताएका छन् । उनले उपेन्द्र यादवकै कारण जसपा नेपालबाट धेरै नेता, कार्यकर्ता बाहिरिएको जिकिर गरे । पार्टी विभाजनपछि नेपालगञ्जमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उपेन्द्रकै कारण विजय गच्छदार, महन्थ ठाकुर, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई लगायतका नेताहरुले अर्को पार्टी निर्माण गरेको बताए । ‘पार्टीमा एकलौटी निर्णय गर्ने, नेता, कार्यकर्तालाई दास सम्झिने, हैकमवाद लाद्ने उपेन्द्रजीको प्रबृत्तिले पार्टीबाट एकपछि अर्को बाहिरिने अवस्था आएको हो,’ महासचिव राईले भने । 

nepalgunj 081-082

उनले उपेन्द्र यादवमा सत्ता मोह भएको बताउँदै सत्ता मोहका कारण मधेस, जनजाती, थारु, मुस्लिम लगायतको आन्दोलनबाट प्राप्त उपलब्धि विर्संदै गएको बताए । ‘मधेस लगायत विभिन्न आन्दोलनको मुद्दालाई विर्सेर आफू मात्र सत्तामा बस्ने उपेन्द्र यादवजीको प्रबृत्ति छ,’ उनले भने, ‘मधेस, जनजाति, थारु, मुस्लिम लगायतबाट प्राप्त उपलब्धिको रक्षा र अधिकार स्थापित गर्न नयाँ पार्टी गठन गर्नु परेको हो ।’ पार्टीलाई बलियो बनाउन पार्टीका नेता, कार्यकर्ताले दिएको सुझावलाई रद्दीको टोकरीमा फाल्ने र आफू नजिकका नेता, कार्यकर्तालाई मात्र सदस्यता दिने अभियान थालेपछि पार्टीमा बस्नुको औचित्य नदेखेको महासचिव राईको भनाई छ । उनले महाधिवेशन प्रतिनिधि छनोटका बेला उपेन्द्र यादवले आफ्ना मान्छेलाई मात्र सदस्यता वितरण गरेको आरोप समेत लगाए । मूल आयोजक कमिटी गठन नगरेर उपेन्द्र यादवले महाधिवेशन गर्न खोजेको समेत उनले बताए । ‘अमेरिका जानु अघि कार्यकारिणीका अल्पमत सदस्यबाट निर्णय गराएर महाधिवेशन मूल समिति बनाउन खोज्नुभयो । उहाँ (उपेन्द्र) जीले पार्टीमा एकलौटी निर्णय गरी अगाडि बढ्न खोज्नुभयो,’ उनले भने, ‘महाधिवेशनलाई प्रदेश अधिवेशन जस्तो बनाउन खोज्नुभयो । यो सरासर गलत थियो । उहाँको हैकमवादी चरित्रबाट वाक्क दिक्क भएर अर्को पार्टी बनाउने निर्णयमा पुग्यौँ ।’

उनले पार्टी फुट्नुको कारण र उद्देश्यमाथि जानकारी दिन बाँके आएको बताउँदै सवै जनालाई जसपामा आबद्ध हुन आग्रह समेत गरेका छन् । ‘नयाँ पार्टी गठन भएपछि नेता, कार्यकर्तामा एकखालको अलमलको अवस्था आएको छ । नयाँ पार्टी गठनको औचित्य पुष्टि गर्न म बाँके आएको छु,’ उनले भने, ‘बाँकेका अधिकांश नेता, कार्यकर्ताले नयाँ पार्टीमा आवद्ध हुने प्रतिवद्धता जनाएको पाउँदा औधि खुसी लागेको छ । अलमलमा रहेका अरु नेता, कार्यकर्ताहरुलाई पनि जसपामा आवद्ध हुन आग्रह गर्दछु ।'

जसपा बाँके सचिव राजेन्द्र बिश्वकर्माको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादव, लुम्बिनी प्रदेशसभा सदस्य आदेशकुमार अग्रवाल, जसपाका लुम्बिनी प्रदेश सदस्य असलम अन्सारी, माजिद शेख, जुनेद कादरी, थरुहट प्रदेश सचिव चिन्टु बर्मा, नेपालगञ्ज उपमहानगरपालिका १४ का वडा अध्यक्ष मजहर सार्इ, वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खान, वडा नम्बर २२ का वडा अध्यक्ष गफ्फार हल्वाई, समाजबादी महिला संगठन बाँके अध्यक्ष गिता मल्ल लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शनिबार, वैशाख २९, २०८१  २०:२९
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
किसान महासंघ बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय कार्यसमिति घोषणा
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
प्रभु साह भन्छन्ः 'भिजिट भिसा प्रकरणमा गृहमन्त्री षड्यन्त्रको शिकार बनेका छन्'
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP