prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दशनामी समाजले मनायो जगत गुरु शंकराचार्यको जन्मजयन्ती
दशनामी समाजले मनायो जगत गुरु शंकराचार्यको जन्मजयन्ती
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ३०, २०८१ बागेश्वरी पोस्ट
दशनामी समाजले मनायो जगत गुरु शंकराचार्यको जन्मजयन्ती

नेपालगञ्ज । नेपालगञ्जमा जगत गुरु शंकराचार्यको जन्मजयन्ती मनाइएको छ । नेपाल दशनामी समाज जिल्ला कार्यसमिति बाँकेको आयोजनामा आज एक कार्यक्रमका बीच जगत गुरु शंकाराचार्यको जन्मजयन्ती मनाइएको हो । जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष गोपाल गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न १२३७औं जन्मजयन्ती मनाउने कार्यक्रममा बैदिक सनातन धर्म प्रचारक हिन्दु धर्मका संरक्षक हिन्दु आर्य संस्कृतिका सन्यासी जगत गुरु शंकाराचार्यको महिमामाथि चर्चा गरिएको थियो । 

May be an image of 4 people, temple and text

कार्यक्रममा प्रमुख अतिथि गोपाल गिरी, नेपाल दशनामी समाजका केन्द्रीय सल्लाहकार केशर गिरी, बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगी, दशनामी समाजका पूर्व केन्द्रीय सचिव नारद पुरी, लुम्बिनी प्रदेश सचिव होमनाथ गिरी, हडियाबाबा मन्दिरका पुजारी सोमनाथ गिरी, ब्राहमण समाजका केन्द्रीय सदस्य पुष्पराज कँडेल, विश्व हिन्दु महासंघ बाँकेका भिम सापकोटा, दशनामी समाजका डुडुवा गाउँपालिका अध्यक्ष हिम बहादुर गिरी, दर्शन समाज बाँकेका उपाध्यक्ष जय बहादुर मल्ल, दशनामी समाजका संस्थापक सचिव गोपाल गिरी, दशनामी समाज लुम्बिनी प्रदेश सदस्य रुक्मिणा भारती, दशनामी समाजका संस्थापक सदस्य खगेन्द्र गिरी लगायतले जगतगुरु शंकाराचार्यको व्यक्तित्व, महिमा र गाथाबारे बोलेका थिए । जिल्ला अध्यक्ष गोपालप्रसाद गिरीले दशनामीहरुले आफ्ना गुरु शंकराचार्यलाई विशेष आस्था र सम्मानका साथ सम्झनुपर्नेमा जोड दिए ।  नेपाल दशनामी समाज बाँकेकी उपाध्यक्ष हुमकला गिरीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्ली गिरीले गरेका थिए । 

May be an image of 12 people, hospital, temple and text

पूर्वीय दर्शनका एक विशिष्ट व्यक्तित्वको रूपमा आठौं शताब्दीको अन्तिमतिर भारतमा जन्मिएका जगत गुरु शंकराचार्य वेदान्त दर्शनको शांकर भाष्यका प्रणेता हुन् । इतिहासकारहरु शंकराचार्यको ७८८ ईस्वीमा जन्म भएको र ८२० ईस्वीमा मृत्यु भएको मान्छन् । सानै उमेरदेखि तीक्ष्ण बुद्धिको मानिएका उनले आफ्नो ८ वर्षको उमेरमा नै चारै वेदमा कण्ठ पारिसकेका थिए । दश वर्षको उमेरमा आचार्य शङ्करले सनातन हिन्दु धर्मको समन्वय र पुनरुत्थान गर्ने संकल्प लिएर देशव्यापी भ्रमण सुरु गरे । उनी अत्यन्त चिन्तनशील व्यक्ति थिए । ३२ वर्षको उमेरमा नै मृत्युवरण भोगेका शंकराचार्य वेदान्तको शांकर मतका प्रवर्द्धक हुन् ।

May be an image of 10 people and templeMay be an image of 6 people, people smiling, temple, hospital and dais


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP