prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, जेठ १, २०८१ बागेश्वरी पोस्ट
सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि अन्तरक्रिया

नेपालगञ्ज । आप्रवासी कामदारलाई गरिने सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण गर्नुपर्नेमा जोड दिइएको छ । सुरक्षित अप्रवासन (सामी) कार्यक्रमले नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुसंग गरेको 'सामाजिक बहिष्करणको प्रभाव न्यूनीकरण सम्बन्धि' एक दिने अन्तरक्रिया कार्यक्रममा सामाजिक समस्यामा परेकाहरुलाई पहिचान गरी मनोसामाजिक परामर्शकर्तालाई भेटाउने र अरुलाई होच्याउने, लाञ्छना लगाउने, विभेद गर्ने जस्ता काम गर्ने विरुद्ध आवाज उठाउनुपर्नेमा जोड दिइएको हो । 

सामीका बाँके जिल्ला संयोजक कमलसिंह नेपालीले अप्रवासी कामदारले सामाजिक बहिष्करणको सामना गर्नपरिरहेको भन्दै स्थानीय जनप्रतिनिधि प्रभाव न्यूनीकरणका लागि संवदेनशील बन्नुपर्ने बताए । नेपालीले बैदेशिक रोजगारीले निम्त्याएको सामाजिक असर तथा प्रभावबारे प्रस्तुतिकरण गरेका थिए । नेपालीले सामाजिक लागत तथा लाञ्छना न्यूनीकरण गर्न के गर्ने तथा महिला र पुरुष कामदारहरुको योगदानको कदर कसरी गर्ने भन्ने विषयमा चर्चा गरेका थिए । 

May be an image of 5 people, people studying, lighting, table, dais and text that says '루 14/05/2024 14/05/202408:54 08:54'

नेपालगञ्जका २३ वटै वडाका अध्यक्ष, प्रतिनिधि एवम् कार्यपालिका सदस्यहरुको उपस्थितिमा गरिएको अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई सीप सिकेर मात्र जान प्रेरित गर्ने विषयमा समेत जोड दिइएको छ । यस्तै गइसकेकाहरुलाई कागजपत्रहरुको महत्वबारे जानकारी गराउने र वैदेशिक रोजगारसम्बन्धि मुद्दामाथि तत्काल कारबाही प्रक्रिया अगाडि बढाउनेबारे पनि गरिएको सामाजिक परिचालन अधिकृत घनश्याम वलीले जानकारी दिए । बैदेशिक रोजगारीबाट फर्केकाहरुको सामाजिक पुनःस्थापना पनि चुनौतिपूर्ण रहेको तथा महिलाहरुलाई हेर्ने दृष्टिकोणमा पनि त्रुटी रहेको औंल्याइएको छ ।

बैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक लागतमा परिवार तथा बालबच्चाबाट टाढा, बालबच्चा र बृद्ध सदस्यको हेरचाहमा कमी, सामाजिक लाञ्छना, पारिवारिक बेमेल, विखण्डन र मानसिक तनाव तथा समस्या लगायत छन् । विशेषगरी बैदेशिक रोजगारीमा जाने र फर्केका महिला कामदारहरु विभिन्न हिंसा, शोषणमा पर्ने, बैदेशिक रोजगारीमा रहेका कामदारका श्रीमतीहरुले विप्रेषणको दुरुपयोग गरेको, फजुल खर्च गरेको, पुरपुरुषसंग सम्बन्धमा रहेका आरोप लाग्ने गरेको तथा महिला कामदारका श्रीमानहरुले श्रीमतीलाई विदेश पठाई श्रीमतीको कमाई खाएको भनी होच्याउने जस्ता नकारात्मक सोच बदल्नुपर्ने आवश्यकतामा जोड दिइएको छ ।  

May be an image of 6 people and people studying

सामीले वैदेशिक रोजगारीमा गएर फर्केका वा जान थालेकालाई तालिम, परिवारका सदस्यलाई वित्तीय साक्षरता, मनोसामाजिक परामर्श, कानुनी सहायता, सूचना तथा परामर्श सेवा दिँदै आएको छ ।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

May be an image of 6 people, table and textMay be an image of 7 people, people studying, table, dais and textMay be an image of 1 person, studying, hospital and text


प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP