prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभा
कांग्रेस नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभा
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस नेता केसीकी आमाको निधनको शोकमा प्रेस युनियनद्वारा श्रद्धाञ्जली सभा

राप्तीसोनारी । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा काँग्रेस बाँके क्षेत्र नं–१ का सभापति पोषण केसीकी आमा शान्ता रेग्मी केसीको निधनको शोकमा आज श्रद्धाञ्जली सभा गरिएको छ । केसीको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ लौकीस्थित निवासमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली सभा गरेको हो । 

प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको श्रद्धाञ्जलीसभाका बक्ताहरुले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका थिए । नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले मृत आत्मप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सभामा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी लगायतले समवेदना गरेका थिए । श्रद्धाञ्जली सभामा स्वर्गीय केसी र परिवारका बारेमा सामाजसेवी भिमार्जुन देवकोटाले बोलेका थिए । 

सभामा युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव प्रसाद देवकोटा, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, प्रदेश सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस बाँके जिल्ला सदस्य टिकाराम बस्नेत, काँग्रेस महासमिति सदस्य तथा नरैनापुर गाउँपालिका वडा नं–५ का वडा अध्यक्ष कृष्णचन्द्र मौर्य, नेपाल शिक्षक संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष वीरेन्द्र यादव, नेपाल ट्रेड युनियन काँग्रेस बाँकेका कार्यबाहक अध्यक्ष तोजिन्द्र बिक, अवधी पत्रकार संघका संस्थापक अध्यक्ष सूर्यलाल यादव, चलचित्र पत्रकार संघ बाँके अध्यक्ष रामचन्द्र पौडेल, युनियन बाँकेका कार्यसमिति सदस्य, साधारण सदस्य लगायतको उपस्थिति रहेको थियो । 

सभाको संचालन सचिव भिष्म लोधले गरेका थिए । ७७ वर्षीया स्वर्गीय केसीको बैशाख २६ गते मातातीर्थ औंसीको दिन उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगन्ज निधन भएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
एमाले बाँके वैठक: संगठन सुदृढीकरण र युवा परिचालनमा केन्द्रित हुने निर्णय
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP