नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नासाका बैज्ञानिक डा. जिग्लरले पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्दै
नासाका बैज्ञानिक डा. जिग्लरले पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३, २०८१ बागेश्वरी पोस्ट
नासाका बैज्ञानिक डा. जिग्लरले पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्दै

 

नेपालगन्ज । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलोपटक नेपालगन्जको भ्रमणमा आउँदैछन् । उनले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहेका छन् । स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र-छात्राहरुमाझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताए । उनले पहिलोपटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुची राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुति राखिएको बताए ।

नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थीहरु सहभागी रहने जनाउँदै आयोजक संस्थाका प्रमुख श्रेष्ठले सो कार्यक्रमबाट बिज्ञानका बिद्यार्थी लगायत शिक्षकहरु पनि लाभान्वित हुने बताए । भारतका प्राय: सबैजसो ठूला सहरहरुमा सरकारले नै प्लानेटेरियमको निर्माण गरेर सञ्चालनमा ल्याएको जनाउँदै स्काइमिस्ट प्लानेटेरियमका प्रमुख श्रेष्ठले नेपालमा काठमाण्डौमा एउटा मात्र प्लानेटेरियम रहेकोमा कम्तीमा सात वटै प्रदेशमा एउटा एउटा प्लानेटेरियम सरकारले खोल्नुपर्ने बताए । उनले नेपालगन्जमा पनि प्लानेटेरियम निर्माण र सञ्चालनका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने माग गरे ।

नेपालगन्ज आउने बैज्ञानिक जिग्लरले गत लामो समयदेखि चन्द्रमाका उल्कापिण्डहरु र अपोलो माटोमा भेटिएका काँचका टुक्राहरुका बारे अनुसन्धान गरिरहेका छन् भने सौर्यमण्डलको रहस्यबारे पनि अध्ययन गरिरहेका छन् । उनको अनुसन्धानको प्रमुख फोकस चन्द्रमा कसरी गठन भयो ? यो कसरी फरक भयो र कसरी प्रभावहरुपछि यसको सतह परिवर्तन हुन्छ भन्नेमा नै रहेको जनाइएको छ । बैज्ञानिक जिग्लरले बिराटनगरमा पनि सोही प्रकारको कार्यक्रम गर्नुका साथै अमेरिका फर्किनु अघि काठमाण्डौमा नास्टको टोलीसंग पनि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २१:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP