नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा 'आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण' कार्यशाला चल्दै
नेपालगञ्जमा 'आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण' कार्यशाला चल्दै
banijya office RSG-2
विपद्जन्य सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी छः मन्त्री पन्थी
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ३, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण' कार्यशाला चल्दै

नेपालगञ्ज । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले पछिल्लो समय विपद् सम्वन्धि घटनाहरु बढिरहेकाले त्यसको व्यवस्थापन तथा पूर्व तयारीका लागि नीतिगतरुपमा सुधार गर्ने बताएका छन् । नेपालगञ्जमा आजदेखि शुरु भएको ‘विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतीकरण’ सम्बन्धि दुई दिने कार्याशालाको उद्घाटन गर्दै मन्त्री पन्थीले विपद् व्यवस्थापन तथा न्यूनीकरण र पूर्व तयारीका लागि सूचना व्यवस्थापन प्रभावकारी बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए । 

विपद् र सूचना व्यवस्थापन प्रभावकारी बनाउन जरुरी : मन्त्री पन्थी

मन्त्री पन्थीले प्रदेश सरकारले विपद् व्यवस्थापन सम्वन्धि बनेका ऐन तथा निर्देशिकालाई संशोधन गर्ने कार्य गरिरहेको भन्दै विपद् उद्धार खोज, राहत वितरण सम्वन्धि कार्यविधि र निर्देशिका निर्माण गरिरहेको जानकारी दिए । उनले विपद सम्वन्धि ऐन, कानून, कार्यविधिले विपद् व्यवस्थापन तथा न्यूनीकरणमा उल्लेख्य सहयोग पुर्याउने विश्वास लिए । विपद् व्यवस्थापन तथा पूर्व तयारीका लागि सूचना प्रविधि बढी प्रभावकारी हुने भएकाले त्यसको प्रयोग गरी उच्च प्रविधिको जडान तथा प्रयोगको कार्य जिल्ला तथा स्थानीयस्तरसम्म कार्यान्वयन गर्ने तयारी भइरहेको बताउँदै मन्त्री पन्थीले भने–‘त्यसका लागि जिल्ला र स्थानीय तहसंगको सहयोग र समन्वय लिइनेछ, विपद् आउनु भन्दा पहिले पूर्व तयारीका लागि हामी सबै जना सतर्क रहौं ।’ 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विकास निर्माणको काम भन्दा पनि विपद् व्यवस्थापनको मुख्य कुरा भएकाले यसप्रति सबैको चासो र ध्यान जान जरुरी रहेको भन्दै विपद् पूर्व तयारीका लागि स्थानीय तहको भूमिका अझ बढाउनुपर्नेमा जोड दिए । नगर प्रमुख विष्टले नागरिकको सुरक्षाका लागि नीतिगत रुपमा नै कार्ययोजना निर्माण गरी कार्य गरिरहेको भन्दै नेपालगञ्जमा भूकम्प पूर्व तयारी परियोजनाले राम्रो अभ्यासको सुरुवात गरेको बताए । उनले विपद् सम्वन्धि विभिन्न ऐन, कार्यविधि र निर्देशिका निर्माण गरी प्रभावकारीरुपमा कार्यान्वयन गरिरहेको भन्दै पश्चिम नेपालको केन्द्रको रुपमा रहेको नेपालगञ्जमा विपद् व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिए । 

लुम्विनी, कर्णाली र सुदुरपश्चिम प्रदेश अन्तर्गत जिल्ला प्रशासन कार्यालयका विपद् फोकल पर्सन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) अन्तर्गतका कर्मचारी, विज्ञ लगायतको सहभागिता रहेको छ । दुई दिने कार्यशालामा विपद् पूर्व तयारी र प्रतिकार्यका लागि आपतकालीन कार्यसञ्चालन केन्द्रको संस्थागतका लागि विशेष छलफल गरी आवश्यक रणनीति निर्माण गरिने जनाइएको छ । लुम्विनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जुकुमारी पोख्रेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा युएनडिपीका सुधिर कुमारले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ । 


प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP