नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी बाँकेमा सम्पन्न
लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी बाँकेमा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ७, २०८१ बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी बाँकेमा सम्पन्न

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजनामा दोश्रो प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी खजुरा बाँकेमा सम्पन्न भएको छ । युवा रेडक्रस सर्कल ज्ञानोदय नमूना मावि खजुराको आतिथ्यतामा संचालन भएको उक्त गोष्ठीको पहिलो दिन प्रभातफेरी कार्यक्रम गरी सुरु भएको थियो । गोष्ठीको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रत्न खत्रीले गरेका थिए । मन्त्री खत्रीले बालबालिकाहरुमा मानवताको भावना विकास गर्न हरेक विद्यालयमा जुनियर तथा युवा रेडक्रस सर्कल गठन हुनुपर्ने र ती युवाहरुको क्षमता अभिबृद्धि र रेडक्रसका मानवीय गतिविधिका लागि लुम्बिनी प्रदेश सरकार रेडक्रससंग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मीले विश्वभरी रेडक्रसले विश्वासनियता कायम राखेको बताउँदै त्यो काम अरु संस्थाले गर्न नसकेको दाबी गरे । उनले सामाजिक कार्यमा सहयोग गर्ने बचनवद्धता व्यक्त गरे । अधिकांश वक्ताहरूले मानवतालाई जीवित राखौं भन्ने मूल नारालाई आत्मसाथ गरी बालबालिकाहरुलाई शिक्षाका साथै संस्कार सिकाउनुपर्ने, दक्ष र सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने, विपद् न्यूनीकरणका लागि जनचेतना अभिबृद्धि, युवालाई नेतृत्व तहमा पुर्याउने र आगामी दिनमा स्थानीय सरकारसंगको सहकार्य अति आवश्यक रहेको उल्लेख गरेका थिए ।

गोष्ठीमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका जुनियर तथा युवा रेडक्रस समितिका संयोजक, सर्कलका शिक्षक नायक र सर्कल पदाधिकारी एवम् सदस्य छात्र/छात्राहरुको प्रतिनिधिमूलक सहभागिता रहेको थियो । बन्द सत्रमा रेडक्रस अभियान, नेतृत्व विकास, जलवायु परिवर्तन, तातो हावाको लहर (लु), युवा सहभागिता रहेको रणनीति, जुनियर तथा युवा कार्यप्रणाली निर्देशिका, जुनियर तथा युवा गतिविधिको प्रगति प्रतिवेदन प्रस्तुति, बार्षिक कार्ययोजना निर्माण लगायतको बिषयसहित खजुरा घोषणापत्र जारी गरी गोष्ठी सम्पन्न भएको कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुद्वारा गीत, गजल र नृत्य समेत प्रस्तुत गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेरेसो केन्द्रीय जुनियर तथा युवा समिति संयोजक विष्णुराज नेपाल, पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, केन्द्रीय सदस्य नौल सिंह पुन र गुमानराज पुलामी, प्रदेश अध्यक्षहरु; गण्डकीका सुर्य प्रसाद ढकाल, सुदुरपश्चिमका दिलबहादुर बुढा र कर्णालीका लिलाराम सुवेदी, लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना र जुनियर/युवा समिति संंयोजक ज्ञानहरि रिजाल, खजुरा गा.पा. वडा नं. २ का अध्यक्ष धनिराम वली, नेरेसो बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, ज्ञानोदय मा.वि. शिक्षक अभिभावक संघका अध्यक्ष मानबहादुर भण्डारी, सर्कल संरक्षक एवम् प्रअ ऋषिराम सापकोटा, युवा सर्कल अध्यक्ष प्रियंका चौधरी लगायतले विचार व्यक्त गरेको कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रअ एवम् जिल्ला जुनियर तथा युवा‌ समिति संयोजक यमनाराण महतोले गरेका थिए ।

संयोजक ज्ञानहरि रिजालको अध्यक्षतामा भएको गोष्ठीको समापन सत्रमा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिक, उपाध्यक्ष मन्जु मल्ल, जिल्ला शाखा सभापति गोबर्धन सिंह `सम्झना´, सहभागी शिक्षक नायक शिद्धमान एमसी लगायतको मन्तव्य रहेको थियो । उक्त दुई दिने गोष्ठीलाई राजकुमार क्षेत्री, निरन्जना मल्ल, सुमिरा नेउपाने, शंकर भट्टराई, प्रह्लाद बिश्वकर्मा, सुदर्शन पाण्डे लगायतले सहजीकरण गरेका थिए ।


प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP