prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रलोभनमा पर्दा ४५ बढी किसान ठगिए
प्रलोभनमा पर्दा ४५ बढी किसान ठगिए
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ११, २०८१ बागेश्वरी पोस्ट
प्रलोभनमा पर्दा ४५ बढी किसान ठगिए

दाङ । सुर्खेतको एक कम्पनीले दाङमा प्रलोभन देखाएर ठगी गरेको पाइएको छ । सुर्खेतको एग्रो प्रालिले दाङमा ठगी धन्दा चलाएको खुलासा भएपछि प्रहरी याक्सनमा आएको छ ।

सुर्खेतको वीरेन्द्रनगर -१० स्थित ‘जनता बहुउदेश्यीय एग्रो फरेष्टी प्रालि' का पदाधिकारी तथा कर्मचारी मिलेर दाङ तुलसीपुर उपमहानगरपालिका-४ का ४५ बढी सर्वसाधारण किसानलाई बिभिन्न प्रलोभन देखाई ठगेको खुलेको छ ।

स्थानीय ५० बर्षीया सीता केसी, ५७ बर्षीय धनबहादुर पुन, स्थानीय ५४ बर्षीय रुद्रप्रशाद खनाल, ३३ बर्षीय नमराज कँडेल, शालिकराम डाँगी लगायतका किसान उक्त एग्रो प्रालिबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् ।

सर्वसाधारण किसानलाई कुखुरा पाल्न खोर बनाउन खर्च भएको रकम मध्ये आधा उपलब्ध गराउने, पाल्ने क्रममा जति चल्ला मर्छन्, त्यसको सट्टामा नि:शुल्क रुपमा त्यत्ति नै चल्ला उपलब्ध गराउने, औषधि उपचार खर्च पनि बेहोर्ने, बेच्नलाई तयार भएको कुखुरा मरेपछि बीमा बाफत क्षतिपूर्ति उपलब्ध गराउने, बेच्न तयार भएपछि प्रति कुखुरा प्रति केजी सातदेखि नौ सयका दरले आफैंले खरिद गर्ने आश्वासन बाँडेको उनीहरुले बताएका छन् ।

एकल महिला, अपाङ्गता भएका ब्यक्ति, दलित र बिपन्न बर्गका लागि उनीहरुले अनुदानमा एउटा बोयर जातको बोका र एउटा बाख्री नि:शुल्क उपलब्ध गराउने आश्वासन बाँडेको स्थानीयले बताएका छन् ।

बोयर बोका अनुदानको प्रलोभन देखाएर ५५ रुपैंया पाइने कुखुराको चल्ला एउटालाई तीन सयमा बिक्री गरेर ठगी गरेको तुलसीपुर- ४ का वडाध्यक्ष तुलसीराम थापाले बताए ।सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गर्ने समूहलाई के गर्ने भन्ने बारेमा किसानसडसँग छलफल भइरहेको वडाध्यक्ष थापाले जानकारी दिए । यो समूहले सोझा साझा मानिसहरुको पहिचान गरी औषतमा ५० देखि ५५ रुपैयाँमा किन्न पाइने चल्ला एउटालाई प्रति चल्ला तीन सयमा बेचेर किसानमाथि ठूलो ठगी गरेको प्रहरी प्रशासन पनि बताउँछ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लले त्यसबारे अनुसन्धान जारी रहेको बताए । एग्रो प्रालिले पहिले बाँडेको आश्वासन अनुसार ‘जनता बहुउदेश्यीय एग्रो फरेष्टी प्रालि बीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत’ को नाममा ठगी भएको देखिए पनि त्यस्को लागि पुग्ने सबुत प्रमाण भने किसानले उपलब्ध गराउन नसकेको जानकारी दिए ।

झन्डै ५० हराहारीमा किसानले आएर ठाडो उजुरी दिएपनि के गर्ने र कसरी अगाडि बढ्ने भन्ने बारेमा राय लिन बाँकी रहेको मल्लले बताए । सुर्खेतमा प्रालि रहेको निर्दोश सिंहको समूह चल्ला बेचेपछि केही समय किसानको सम्पर्कमा रहे पनि कुखुरा बेच्नका लागि तयार हुँदै गर्दा सम्पर्क बिहिन बेनेको थियो ।

पटक–पटक इप्रका पुगेका किसानको गुनासोका आधारमा प्रहरी निरीक्षक नवराज केसी एग्रो प्रालिकी स्थानीय प्रतिनिधि बताउने बालिका थापा हुँदै त्यसका प्रमुख सिंहसँग पुगेका थिए ।

केसीले सुर्खेत प्रहरीको सहयोगमा बैशाख २६ गते सिंहलाई इप्रका तुलसीपुर झिकाएर किसानसँग सम्झौता  गराएका थिए । त्यो सम्झौता अुनसार जेठ ८ गतेभित्रै सिंहले किसानका सबै कुखुरा आफैं उठाएर लैजान प्रहरी समक्ष बचन दिएका थिए ।

तर, सिंह जेठ महिना सुरु हुनु भन्दा पहिले नै सम्पर्क बिहीन बनेपछि फेरि किसान प्रहरीको मुख ताक्न बाध्य बनेका छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP