नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बास्कोटा अडियो प्रकरणमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ: गगन थापा
बास्कोटा अडियो प्रकरणमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ: गगन थापा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, फागुन १३, २०७६ बागेश्वरी पोस्ट
बास्कोटा अडियो प्रकरणमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ: गगन थापा

 बाके(कुसुम )। नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताएका छन ।

बाकेको कुसुममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन ? प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा  संसदको बैठक चल्न दिनु हुन्न, यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’ पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए।

‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय हो,’ उनले भने ‘जसरी राष्ट्रिय सभामा बामदेव गौतम जीलाई लिएर जाने भन्ने खालको विषय आयो, यो सबै विषयले के देखाएको छ, भने कम्युनिष्ट पार्टीभित्र लागेको डढेंलोले संविधानलाई डढाउन सक्छ, त्यसकारण यो बेलामा संबिधान जोगाउने काम हाम्रो हो।’

कम्युनिष्ट पार्टी भित्रको झगडाबाट लागेको डढेंलोले संविधान नै आगो लाग्ला, संबिधान नै निल्देला भन्ने अवस्था बनिसकेको थापाको चिन्ता छ। ‘कहिले कानुन बनाएर निल्देला भन्ने डर, कहिले त्यहाँभित्रको लोभ र पापले गर्दा उनीहरुको शक्ति संघर्षले निल्देला भन्ने डर, यो बेलामा कांग्रेस माथीदेखी तलसम्म दृढ भएर उभिनुपर्ने अवस्था छ,’ उनले थपे। २०७९ सालसम्मको चुनावमा पुग्ने बेलासम्म सबभन्दा पहिला चुनाव गराउने पद्धतीलाई जोगाउनुपर्ने थापाले जोड दिए।

निर्वाचन जित्ने वा हार्ने कुरा पार्टीका लागि महत्वपुर्ण कुरा भएपनि सम्पुर्ण कुरा नभएको उनले प्रष्ट्याए। मुलुक सही पार्टी र सही ब्यक्तिको हातमा नहुँदा खतरामा रहेको नेता थापाले बताए।  निर्वाचनबाट प्राप्त गरेको जनादेशलाई गलत प्रयोग गरेर सत्ता कब्जा गर्ने जुन देखिएको छ, हाम्रो सन्दर्भमा पनि करिव– करिव यस्तै अवस्था निर्माण गर्न खोजिएको छ,’ उनले भने ‘अहिले संसदमा आएको केही कानुनहरु हेरे पुग्छ।’

थोरै संख्यामा भएपनि प्रतिपक्षको भुमिका जसरी गर्नुपर्ने हो, त्यसमा चुकेको थापाले स्वीकार गरे। संसदभित्र कानुन निर्माण गर्ने प्रक्रियामा कांग्रेस संख्यात्मक रुपले थोरै भएपनि सरकारलाई पेलेर अगाडी बढ्न नदिएको उनको दाबी छ। ‘तर त्यो लामो समयसम्म रोक्न सकिन्न, त्यसकारण तलबाट पार्टीको ताकत चाहिन्छ, कानुन पारित गराउन खोज्दै गर्दा त्यसलाई रोक्न जब हामी संसदमा संघर्ष गर्छौ,’ थापाले भने ‘सडकमा हाम्रो पार्टीको साथीहरु आउनु भयो र नागरिकलाई सँग–सँगै ल्याउन सक्यौं भने त्यसको ताकतमा उसले त्यो कानुन पास गराउन सक्दैन, सरकार फिर्ता जान्छ, सरकारले सच्याउँछ, होइन भने सरकारले पेलेर कानुन पारित गर्छ।’ 


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP