prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको स्वास्थ्य परीक्षण
प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको स्वास्थ्य परीक्षण
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १३, २०८१ बागेश्वरी पोस्ट
प्रेस युनियनको स्थापना दिवसमा पत्रकारहरुको स्वास्थ्य परीक्षण

नेपालगञ्ज । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा बाँकेमा पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर गरिएको छ । युनियन बाँकेले स्थापना दिवसको अवसरमा सम्पूर्ण पत्रकारहरुका लागि आज नेपालगञ्जमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर संचालन गरेको हो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा संचालन भएको शिविरको उद्घाटन शत्रमा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य एवम् स्वास्थ्य बिभाग प्रमुख अन्जना पाण्डेले आफ्ना लागि कुनै सेड्युल नहुने पत्रकारहरु लक्षित शिविरको सराहना गरिन् । “राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रमा लाग्ने पत्रकारहरुलाई आफ्ना लागि समय नै हुँदैन,” स्वास्थ्य बिभाग प्रमुख पाण्डेले भनिन्, "प्रेस युनियनले सधैं अरुलाई सुसूचित गर्ने जिम्मेवारी बोक्ने पत्रकारहरुका लागि स्वास्थ्य शिविर आयोजना गर्नु एकदमै राम्रो कार्य हो ।”

May be an image of 4 people, people smiling, people studying and text that says 'नेपाल प्रेस युनियन पत्रकारहर्र ३३ औ स्थापना दिवठ लागि शेविर नि:शुल्क गतो बजे चोक प्राविधिक स्- लक्ष्मी सरस्वती डाइग्नोष्टिक आयो नेपाल वॉব'

पत्रकाहरुको कार्यप्रति उच्च सम्मान रहेको बताउँदै उनले पत्रकारिताको आचारसंहितालाई ध्यान दिनुपर्नेमा जोड दिइन् ।  उनले संचारमाध्यमको फोलोवर र सब्सक्राइब बढाउनका लागि सत्यतथ्यलाई भुल्न नहुनेमा जोड दिइन् । कुनै बेला आफू पनि पत्रकार बन्न लालयित रहेको कुरा केलाउँदै स्वास्थ्य बिभाग प्रमुख पाण्डेले समय र अवस्थाले आफ्नो संलग्नता स्वास्थ्य क्षेत्रमा भएको बताइन् । पत्रकारका लागि आचारसंहिता रहेको र सो नीति नियमभित्र रहेर कार्य गरिएकै कारण राज्यले पत्रकारितालाई चौथो अंङ्गका रुपमा परिभाषित गरेको उनले उल्लेख गरिन् ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नविन गिरीले देशकै जेठो संगठनका रुपमा रहेको युनियनले नेपाली पत्रकारिता क्षेत्रमा इतिहास बनाएको बताए । उनले प्रजातन्त्रको पुनर्बहाली पश्चात उदय भएको युनियनले देशमा लोकतन्त्रका लागि पनि ठूलो भूमिका निर्वाह गरेको धारणा राखे । गिरीले प्रेस युनियन बाँकेले प्रदेशमै उत्कृष्ट गतिविधिहरु गर्दै आएको पनि बताए । 

May be an image of 2 people, people smiling, temple and text that says 'नेपाल प्रेस युनियन ३३ औं स्थापना दिवस पत्रकारहरुका लागि निशुल्क समवासથ्્ય शिविर ੨૦੮৭ जेष्छ 93 गते समय विह्ान बजे स्थान गणेशमान चोक धििक सहयोग तोलिक्लिनिक एणड टर, नेपालगज्ज आयोजक नेपाल प्रेस युनिय बाॉके शाबा'

उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ बाँके शाखा उपाध्यक्ष संगिन शर्माले युनियनले आयोजना गरेको स्वास्थ्य शिविर कार्यक्रमका लागि धन्यवाद दिए । उनले युनियन बाँकेले निरन्तर रचनात्मक कार्य गर्दै आएको उल्लेख गर्दै स्थापना दिवसको शुभकामना दिनुका साथै युनियनको कार्यलाई अन्यले सिको गर्नुपर्ने बताए ।

पत्रकार महासंघका पूर्व अध्यक्ष एवम् अग्रज पत्रकार निरज गौतम, प्रेस सेन्टर लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदिप वाग्लेले स्वास्थ्य शिविरले पत्रकारहरुलाई आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्ने भावना विकास गर्न प्रेरित गर्ने बताए ।

शिविरमा युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जयसिंह केसी, महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेश सदस्य गौरव गिरी, युनियन कर्णाली प्रदेश सचिव रमा केसी, महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, महासंघका पूर्व महासचिव पोषण केसी, महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, युनियन बाँके शाखाका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको सहभागिता रहेको थियो ।

नेपालगञ्ज गणेशमान चोकमा रहेको लक्ष्मी सरस्वती पोलिक्निनिक एण्ड डाइग्नोष्टिक सेन्टरको सहकार्यमा गरिएको शिविरमा पश्चिम नेपालका एक मात्र नेफ्रोलोजिष्ट (मृगौला रोग बिशेषज्ञ) डा.सौरभ सिंह हमालले बिशेषज्ञ सेवा प्रदान गरेका थिए । पछिल्लो समय मानिसको मृत्यु हुने सातौं समस्याका रुपमा मृगौला रोगको कारण देखिएको डा. हमालले जानकारी दिए । युनियन बाँके शाखा उपाध्यक्ष कमल खत्रीले स्वागत गरेको कार्यक्रम सचिव भिष्म लोधले संचालन गरेका थिए ।

३३ औं स्थापना दिवसको अवसरमा युनियन बाँकेले मैत्रीपूर्ण फुटसल प्रतियोगिता र पत्रकारहरु लक्षित स्वास्थ्य शिविर गरेको हो । स्वास्थ्य शिविरमा बाँकेका ५५ बढी पत्रकारहरुले सेवा लिएका छन् ।

May be an image of 1 person, temple and text that says 'नेपाल प्रेस युनियन ३३ औं स्थापना दिवस पत्रकारहरुका लागि निशुल्क स्वास्श्य शिविर २०८৭ जेष्ठ q3 गते समय बिहान बजे स्थान गणेशमान चोक प्राविधक सहयोग गस्वती पोलिक्लिनिक एण्ड पेन्टर, नेपालगज्ज आयोजक नेपाल प्रेस युनियन बाँके शाखा'

May be an image of 2 people and textMay be an image of 9 people, people smiling and text


प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP