prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यशाला
नेपालगन्जमा तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यशाला
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १७, २०८१ बागेश्वरी पोस्ट
नेपालगन्जमा तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यशाला

नेपालगञ्ज । नेपालगन्जमा आजदेखि अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यशाला सुरु भएको छ । तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यक्रममा विपदका क्षेत्रमा भइरहेका अन्तर प्रादेशिक अनुभव आदानप्रदान, सिकाई हासिल र साझा कार्यनीति तय गरिनेछ । लुम्बिनी, कर्णाली र सदुरपश्चिमका आन्तरिक तथा कानुन मन्त्रालयको आयोजना तथा सहरी विपद तथा पूर्व तयारी परियोजना सुपरसंगको सहकार्यमा सुरु भएको तीन दिने कार्यक्रमको लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पन्थीले उद्घाटन गरे । 

मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा बोल्ने बक्ताहरुले सबैतिरको साझा प्रयासले मात्र विपद जोखिम न्यूनीकरण गर्न सकिनेमा जोड दिएका छन् । आन्तरिक मामिला मन्त्री पन्थीले विपदका नयाँ नयाँ स्वरुपहरु देखापरिरहेका बेला साझा नीति बनाएर अघि बढ्नुपर्ने बताए । विपद पहिचान र पूर्व तयारी तथा प्रतिकार्यका लागि साझा निष्कर्षमा पुग्नुपर्नेमा जोड दिँदै उनले प्रदेश प्रदेशका बीचमा भ्रातृत्वको विकास गर्नुपर्ने बताए । सुदुरपश्चिम सरकारका मुख्य सचिव हरि लम्सालले सबैको साझा प्रयासबाट मात्रै विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउन सकिने उल्लेख गरे । 

No photo description available.

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सुपरसंगको सहकार्यमा नगरमा विपद पूर्व तयारी र प्रतिकार्यका लागि थुप्रै कामहरु भएको चर्चा गर्दै पश्चिम क्षेत्रमा विपदजन्य घटना हुँदा नेपालगञ्ज 'एलर्ट' हुनुपर्ने अवस्था रहेको बताए । त्यस हिसाबले पनि नेपालगञ्जले आफूलाई तयार गर्दै अगाडि बढेको विष्टको भनाई छ । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले समुदायलाई परिचालन गर्ने गरी विपद पूर्व तयारी र प्रतिकार्यको योजना बनाउनुपर्ने जोड दिँदै आपसी समन्वयले विपद विरुद्ध लड्न सकिने बताए । युएनडिपीकी प्रतिनिधि बैजन्ती गिरी सिंहले विपदलाई साझा समस्याका रुपमा स्वीकार गरी साझा रणनीतिका साथ कार्यान्वयन तहमा जानुपर्ने उल्लेख गरिन् । 

उद्घाटन कार्यक्रममा अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशी, जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशका सचिव सुशील बैद्य, कर्णालीका निमित्त सचिव निधिराज न्यौपाने, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशकी विपद शाखा प्रमुख मञ्जुकुमारी पोख्रेल लगायतको उपस्थिति थियो । कार्यक्रममा विपद सम्बन्धि कृत्रिम घटना अभ्यास गरिनेछ । 

May be an image of 3 people and table

उक्त कार्यक्रममा प्रदेश विपद प्रतिकार्य कार्यढाँचाका बारेमा विज्ञ शंकर कोइराला, अर्का विज्ञ सुनिल सन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विपदमा स्वयंसेवक परिचालनका बारेमा विज्ञ कृष्ण काफ्लेले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा संचालित कार्यक्रमले भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रर्वद्धन गरिरहेको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ १७, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP