नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • नेपालगञ्ज-१० को दोस्रो वडा सम्मेलन सम्पन्न
नेपालगञ्ज-१० को दोस्रो वडा सम्मेलन सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १८, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्ज-१० को दोस्रो वडा सम्मेलन सम्पन्न

 

नेपालगञ्ज । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । वडाकी कार्यबहाक सभापति कल्पना रेग्मी घिमिरेको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा दोस्रो वडा सम्मेलन सम्पन्न भएको हो ।

वडा सम्मेलनमा बोल्दै उपसभापति अधिकारीले विगतको समीक्षा र आगामी कार्ययोजना बनाउन वडा सम्मेलन सार्थक हुने विश्वास ब्यक्त गरे । वडा नम्बर १० ऐतिहासिक वडा भएर पनि अलमलिएको भन्दै उनले आफ्नो शाख जोगाउन आग्रह गरे । कांग्रेस इमान्दार भए कसैले हराउन नसक्ने बताउँदै अधिकारीले 'इगो' पालेर पार्टी बन्न नसक्ने उल्लेख गरे । क्रियाशील सदस्यताको काम यथाशक्य सक्न उनले निर्देशन समेत दिएका छन् ।

पार्टी सचिव एवम् वडा नम्बर १० कै प्रतिनिधि सुधांशु कोइरालाले राजनीति, शिक्षा, स्वास्थ्य, व्यापार लगायतका क्षेत्रमा अग्रणी वडा भए पनि वडा नम्बर १० एकताबद्ध हुन नसकेको भन्दै दुुःख ब्यक्त गरे । संविधान पिता स्वर्गीय सुशील कोइरालाको वडालाई कमजोर हुन नदिनतर्फ सबै सचेत हुनुपर्नेमा उनको जोड छ । कोइरालाले संगठनलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी रहेको बताए । व्यक्ति-व्यक्ति बीचको लडाइँले पार्टीलाई कमजोर बनाउन नहुने कोइरालाको भनाई छ ।

May be an image of 8 people and people studying

नेपालगञ्ज नगरका कार्यबहाक सभापति धनराज बर्माले एक ढिक्का भए मात्र कांग्रेस मजबुत हुने बताए । बर्माले आपसी लडाइँले पार्टी कमजोर बन्दा निर्वाचनमा पराजय ब्यहोरिरहेको यथार्थ मनन गर्दै एकताबद्ध हुन आवश्यक रहेकोमा जोड दिए । जडिबुटी व्यवसायी संघका अध्यक्ष एवम् वडा नम्बर १० का क्रियाशील सदस्य टंक प्रसाद शर्माले सबै मिलेर कांग्रेस बलियो बनाउनुको विकल्प नरहेको बताए । कार्यबहाक सभापति घिमिरेले पार्टीलाई चलायमान बनाउन सबै क्रियाशील सदस्यहरुले सक्रियता बढाउन आवश्यक रहेको बताइन् । वडाले गर्ने गतिविधिहरुमा पार्टी पंक्तिको स्वतःस्फूर्त सहभागिता हुनुपर्ने उनको भनाई छ । घिमिरेले पार्टीलाई एक बनाएर लैजाने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

May be an image of 4 people and text

सम्मेलनमा पार्टीका १६ जना जेष्ठ क्रियाशील सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सम्मेलनमा क्षेत्रीय प्रतिनिधि श्याम केसीले पनि आफ्नो धारणा राखेका थिए । वडा उपसभापति राकेश श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव विदुर शर्माले गरेका थिए । कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनीका उपाध्यक्ष शालिक सुवेदी, नेपाल प्रेस युनियन लुम्बिनीका महासचिव एवम् नेपाली कांग्रेस बाँकेका प्रेस सल्लाहकार नवीन गिरी, कांग्रेस लुम्बिनी प्रदेश प्रचारप्रसार विभागका सदस्य रविन्द्र घिमिरे लगायतको उपस्थिति थियो ।

May be an image of 3 people, hospital, dais and textMay be an image of 6 people and text


प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता शिक्षा कार्यक्रम संचालन
मतदाता शिक्षा कार्यक्रम संचालन
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
कोहलपुरमा घरदैलो गर्दै गौडेलले भने - 'भावना र उत्तेजनामा आएर होइन, मत हाल्दा विवेक पुर्‍याउनुहोस्'
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
४४औं राष्ट्रिय मगर एकता दिवसः समृद्धिको लागि सहकार्य गर्न मगरवासीलाई पुनको अपिल
बाँके-२ का नेकपा उम्मेदवार विष्ट घरबारी टोलमा घरदैलोमा
बाँके-२ का नेकपा उम्मेदवार विष्ट घरबारी टोलमा घरदैलोमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP