prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न
अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १९, २०८१ बागेश्वरी पोस्ट
अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास सम्बन्धि तीन दिने कार्यशाला सम्पन्न

नेपालगञ्ज । विपद व्यवस्थापनका लागि अन्तर प्रादेशिक समन्वय, सहकार्य र स्रोत परिचालनका विषयमा कृत्रिम घटना अभ्यास गरिएको छ । लुम्बिनी, कर्णाली र सुदुरपश्चिममा विपद पूर्व तयारी, प्रतिकार्य  र पुनर्लाभका लाागि साझा रणनीति बनाउन नेपालगञ्जमा आज सम्पन्न तीन दिने अन्तर प्रादेशिक कृत्रिम घटना अभ्यास कार्यक्रमबाट विपदका क्षेत्रमा भइरहेका अन्तर प्रादेशिक अनुभव आदानप्रदान, सिकाई हासिल र साझा कार्यनीति तय गरिएको छ । 

लुम्बिनी, कर्णाली र सदुरपश्चिमका आन्तरिक तथा कानुन मन्त्रालयको आयोजना तथा सहरी विपद तथा पूर्व तयारी परियोजना (सुपर) संगको सहकार्यमा भएको कार्यशाला गोष्ठीमा तीन वटै प्रदेश अन्तर्गत सहभागी स्थानीय तह, स्थानीय प्रहरी, प्रशासन, नेपाली सेना, नेपाल रेडक्रस, विभिन्न गैरसरकारी निकायका साथै सङ्घसंस्था, निजी क्षेत्रको समूहगत छलफलबाट विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन साझा स्रोत परिचालनको मोडेलमा अगाडि बढ्नुपर्ने निष्कर्ष निकालिएको छ । साझा नीतिलाई कार्यान्वयन तहमा लगेर विपद क्षती न्यूनीकरणमा योगदान पुर्याउने लक्ष्य छ । 

विपद् व्यवस्थापन, पूर्व तयारी, जोखिम न्यूनीकरण, सूचना व्यवस्थापन, अभिलेखीकरण, विपद् घटना पश्चात तत्काल उद्धार तथा खोजी, स्वास्थ्य उपचार, क्षती विवरण सङ्कलन, राहत वितरण, अनुगमन तथा मूल्याङ्कन लगायत कार्यलाई कार्य योजनामा समावेश गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । उनका अनुसार स्थानीय तहले बनाएका आपतकालीन पूर्व तयारी तथा प्रतिकार्य योजनालाई संशोधन गरी कार्यान्वयनमा ल्याइनेछ । विपद्को बेलामा सार्वजनिक सेवालाई कसरी निरन्तरता दिने, दक्ष स्वयंसेवकहरु परिचालन गरेर खोज तथा उद्दार र क्षती न्यूनीकरणमा कसरी भूमिका खेल्ने लगायतका विषयमा छलफल गरिएको छ ।  

लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लालबाबु कवारीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदुरपश्चिम प्रदेशका सचिव सुशील बैद्य, कर्णालीका निमित्त सचिव निधिराज न्यौपाने लगायतले विपदसंग जुध्न अन्तर प्रादेशिक कार्यशाला गोष्ठीमा भएको अनुभव आदानप्रदान र सिकाईले सहयोग पुर्याउने विश्वास ब्यक्त गरे । समापन कार्यक्रमको सञ्चालन लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् शाखा प्रमुख मञ्जु पोखरेलले गरेकी थिइन् । 

कार्यशालामा प्रदेश विपद प्रतिकार्य कार्य ढाँचाका बारेमा विज्ञ शंकर कोइराला, अर्का विज्ञ सुनिल सन शाक्यले व्यवसाय तथा सेवा निरन्तरता योजना र विपदमा स्वयंसेवक परिचालनका बारेमा विज्ञ कृष्ण काफ्लेले छुट्टाछुट्टै प्रस्तुतिकरण गरेका थिए । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले पश्चिम नेपालमा भूकम्पीय जोखिम न्यूनीकरणका लागि सचेतना प्रवर्द्धनका गतिविधिहरु गरिरहेको छ ।  


प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  २०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP