नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • यस वर्षको मनसुन जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन
यस वर्षको मनसुन जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन
बागेश्वरी पोस्ट
आइतबार, जेठ २०, २०८१ बागेश्वरी पोस्ट
यस वर्षको मनसुन जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन

नेपालगञ्ज ।  यस वर्षको मनसुन यही जून १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आंकलन गरिएको छ । यद्यपि मनसुन भित्रिने सरदर मिति भन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जून १३ आंकलन गरिएको भए पनि त्यसअघि नै भित्रिने देखिन्छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले नेपालमा मनसुन जून १३ आसपास भित्रिने बताए । हाल मुलुकका विभिन्न भू–भागमा भइरहेको वर्षा मनसुनी वायुको प्रभाव नभई स्थानीय प्रणाली, पश्चिमी वायु र उत्तर प्रदेश तथा बिहार आसपासको न्यून चापीय प्रणालीको प्रभाव भएको उनले जानकारी दिए ।

नेपालमा सामान्यतया मनसुन सरदर अवधि जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । तर, मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ । यस्तै आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदर भन्दा बढी वर्षा ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ । 

सुदूरपश्चिम प्रदेशको उत्तर–पश्चिमी भू–भाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिमी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । अधिकतम तापक्रम देशका अधिकांश स्थानहरूमा सरदरभन्दा बढी देखिएको छ ।

ऋतुगत जलवायु विभिन्न सामुन्द्रिक, वायुमण्डलीय, भूमण्डलीय, हिममण्डलीय र जैविकीय प्रणालीमा निर्भर रहन्छ । मनसुनको आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीयस्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारुपहरूको आंकलन र दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको आंकलनको आधारमा तयार गरिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए । 

साथै यो आकलन तयार गर्दा नेपालको मनसुन सिजनको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने ‘एन्सो’ (एल निनो एण्ड साउदर्न ओस्सिालोसन) तथा हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय प्रणालीको हालको अवस्थालाई विश्लेषणका आधारमा गरिएको हो ।

यसबाहेक जलवायु प्रारुपको मनसुन सिजनको आंकलन, युरोप तथा एसियामा गत हिउँद तथा प्रि–मनसुनको सिजनमा परेको हिउँ, अन्तर ऋतु परिवर्तनशिलताका कारकलाई मध्यनजर गरिएको छ । प्रवक्ता पोखरेलले भने, “हाल ‘एन्सो’ तटस्थ अवस्थामा रहेको छ र आगामी मनसुन सिजनमा ‘ला निना’ को अवस्था विकसित हुने अन्तर्राष्ट्रिय प्रारुपहरुको आकलन रहेको छ । त्यसैगरी हिन्द महासागरमा विकसित हुने दुई ध्रुवीय सामुन्द्रिक तापक्रम सूचक हाल तटस्थ रहेको र आगामी मनसुन सिजनमा धनात्मक हुने आंकलन गरिएको छ ।”

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले यो वर्षको मनसुन शनिबारसम्म भारतको आसाम, सिक्किम र सो वरिपरिका भागमा पुगिसकेको बताए । उनले भने, “भारतको केरलामा निर्धारित मिति भन्दा दुई दिनअघि र आसाम तथा मेघालयमा छ दिन अघि नै मनसुन पुगेको देखिन्छ । यही विषयलाई आंकलन गर्दा भारतका भू–भागसँग सिमाना जोडिएको कोशी प्रदेशमा मनसुन निर्धारित मिति भन्दा एक साता अघि नै प्रवेश गर्ने आंकलन गर्न सकिन्छ ।”

गत वर्ष आसाम र सिक्किममा मनसुन पुगेको तीन दिनमा कोशी, मधेश र गण्डकी प्रदेशमा पुगेको थियो । गत वर्ष आसाममा जुन १२ मा पुगेको मनसुन यो वर्ष मे ३१ मै पुगेको छ । त्यो गत वर्ष भन्दा १२ दिन अगाडि हो । मनसुनी वायु थप सक्रिय  हुने वातावरण बनेको हुनाले कोशी प्रदेशमा आगामी तीनदेखि पाँच दिनमै मनसुन सक्रिय हुने अनुमान गर्न सकिन्छ । रासस


प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP