prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वातावरण संरक्षणमा सरोकारवालाको १२ बुँदे साझा प्रतिबद्धता
वातावरण संरक्षणमा सरोकारवालाको १२ बुँदे साझा प्रतिबद्धता
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २५, २०८१ बागेश्वरी पोस्ट
वातावरण संरक्षणमा सरोकारवालाको १२ बुँदे साझा प्रतिबद्धता

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाभित्र काम गर्ने सरोकारवालाहरुले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा बुधबार नेपालगन्जमा सम्पन्न वातावरण संरक्षणका लागि सरोकारवालासँगको अन्तरक्रियामा सहभागीले यस्तो प्रतिबद्धता गरेका हुन् । युरोपियन युनियनको सहयोग, रेसटलेस डेभलपमेन्ट नेपाल, क्रियशन, यूथ इनोभेसन ल्यावको समन्वय र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नाइस नेपालगन्जले गरेको अन्तरक्रियामा वातावरण संरक्षणका बिषयमा भएको छलफल पश्चात १२ बुँदे साझा प्रतिबद्धता गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा भएको अन्तरक्रियामा वातावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने, वातावरण संरक्षणप्रति सचेत रहने, वातावरण संरक्षण सम्बन्धि नीति, नियम तथा निर्देशिकाहरुको निर्माण गरी प्रभावकारीरुपमा कार्यान्वयन गर्ने, वातावरण स्वच्छता र फोहोरमैला ब्यवस्थापनलाई प्राथमिकतामा राखी योजना तथा कार्यक्रम तयार गर्ने, नेपालगन्ज उपमहानगरपालिकालाई वातावरणमैत्री नगर बनाउन हरियाली प्रवर्द्धन, फोहोरमैला ब्यवस्थापन र प्लाष्टिकमुक्त अभियान सञ्चालन गर्ने, वातावरण संरक्षण सम्बन्धि नक्सांकन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्र काम गर्ने सरोकारवालाहरु र आमनागरिकहरु मिलेर समुदायस्तरमा संयुक्त सचेतनामूलक कार्यक्रम तथा अभियान संचालन गर्ने, वातावरण संरक्षण र हरियाली प्रबद्र्धनमा अब्बल काम गर्ने वडा, समूह, ब्यक्ति र संस्थालाई प्रोत्साहनस्वरुप सम्मान गर्ने, नेपालगन्ज उपमहानगरपालिकाभित्रका विद्यालयहरुलाई वातावरणमैत्री विद्यालय बनाउन पहल गर्ने र गराउने, नेपालगन्ज उपमहानगरपालिकाबाट उत्पादन भइरहेको फोहोरलाई रिसाइकल गरी चक्रीय अर्थ ब्यवस्था अनुरुप आयआर्जनमा रुपान्तरण गर्ने, वातावरण संरक्षणमा अवरोध सिर्जना गर्ने र गराउनेलाई कानुन बमोजिम कार्वाहीका लागि पहल गर्ने र नेपालगन्ज उमपहानगरपालिकाभित्रका २३ वटै वडामा बर्ष बिरुवा अभियान सञ्चालन गरी २०८१ मा कम्तीमा ८१ बिरुवा खाली रहेका र सार्वजनिक जमिनमा बृक्षारोपण गर्ने तथा त्यसको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

विभिन्न क्षेत्रमा कार्यरत सरोकारवालाहरुको सहभागिता रहेको अन्तरक्रियाको उद्देश्यमाथि नेपालगन्ज उपमहानगरपालिका वातावरण शाखा प्रमुख प्रकाश डिसीले प्रकाश पारेका थिए । अन्तरक्रियाको खुल्ला छलफलको शुरुवातमा विश्व वातावरण दिवसको नारा 'हाम्रो भूमि हाम्रो भविष्य' र नेपालगन्ज उपमहानगरपालिकाभित्र वातावरण संरक्षणका मुख्य १० सवालहरु प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिकरण गरिएका सवालहरुमा करीब २ घण्टा खुल्ला छलफल भएको थियो । खुल्ला छलफलमा सहभागीहरुले नेपालगन्ज उपमहानगरपालिकाको वातावरण संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिएका थिए । खुल्ला छलफलमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १३ का अध्यक्ष सुरेश सिंह ठाकुर, वडा नम्बर १० का कार्यवाहक अध्यक्ष भरत शाही, वडा नम्बर १२ का सदस्य सुशीला पन्त, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, नेपालगन्ज नगरस्तरीय मेलमिलाप समिति संयोजक शिव कुमार बर्मा, बाँके जिल्ला साइकल संघका निवर्तमान अध्यक्ष गगन सिंह थापा, नेपालगन्ज उद्योग वाणिज्य संघका सदस्य विष्णु श्रेष्ठ, एचसीआरसी अस्पतालका निर्देशक रमेश सिटौला, मंगल प्रसाद माविका प्रधानाध्यापक सन्ध्या गुप्ता, फोहोरमैला ब्यवस्थापनमा कार्यरत संस्था समर्पण नेपालका अध्यक्ष मोहनलाल सोनखर, पत्रकार लक्ष्मी तिमिल्सिना, युवाहरु गणेश पौडेल, चन्द्रलाल जैसी, चिडिमार समाज विकास बाँकेका रामु चिडिमार लगायतले सुझाव राखेका थिए ।

अन्तरक्रियामा उठेका सवालहरुको जवाफ नेपालगन्ज उपमहानगरपालिका वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक सिंह, शिक्षा तथा खेलकुद शाखा प्रमुख उपसचिब गोर्ख बहादुर थापा, वातावरण शाखा प्रमुख डिसी, योजना शाखा प्रमुख तेजेन्द्र रोकाय, प्राविधिक शाखा प्रमुख भुपेन्द्रले बोहराले दिएका थिए । नाइस नेपालगन्जका सचिब कमल शाहीले सहजीकरण गरेको अन्तरक्रियामा स्वागत उपाध्यक्ष शोभा थापा मगरले गरेकी थिइन् । अन्तरक्रियामा गरिएका प्रतिबद्धताहरुमा कार्यान्वयनका लागि सबैलाई अनुरोध गर्दै कार्यक्रमको समापन वातावरण तथा विपद ब्यवस्थापन समिति संयोजक सिंहले गरेका थिए । अन्तरक्रियामा ४२ जनाको सहभागिता रहेको नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले बताए ।


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP