नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि, तयारी पूरा
कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि, तयारी पूरा
RSG-2
पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्ने
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २५, २०८१ बागेश्वरी पोस्ट
कांग्रेस बाँकेको दोस्रो जिल्ला सम्मेलन भोलि, तयारी पूरा

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले भोलि नेपालगञ्जमा दोस्रो जिल्ला सम्मेलन गर्दैछ । सुर्खेतरोडस्थित सिद्धार्थ कटेजमा विहान १० बजे सुरु हुने सम्मेलनको तयारी पूरा भएको कांग्रेसले जनाएको छ । कांग्रेसले आज नेपालगन्जमा पत्रकार सम्मेलन गरेर सम्मेलनको तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा करीब १ हजार ५ सय प्रतिनिधि सहभागी हुने सभापति नारायणप्रसाद गौडेलले बताए ।

सम्मेलनको नेपाली कांग्रेसका नेता एवम् पूर्व महामन्त्री डा. शशांक कोइरालाले उद्घाटन गर्नेछन् । दोस्रो जिल्ला सम्मेलनमा सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवदेन, बार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतिकरणसंगै प्रजातन्त्र सेनानीहरु, अग्रज ब्यक्तित्व, समाजसेवी, पूर्व जनप्रतिनिधि, अग्रज नेता, प्रत्येक पालिकाबाट एक/एक जना उत्कृष्ट कार्य गरेका वडा सभापतिहरु, तीन कार्यकाल वडा सभापति भइसकेका वा हाल वडा सभापतिको भूमिकामा रहेकाहरु, सहिद परिवार तथा जनआन्दोलन र द्वन्दमा अपाङ्गता भएका, शिक्षातर्फ सामुदायिक उत्कृष्ट विद्यालय, स्वास्थ्यतर्फ उत्कृष्ट संस्था र मानव सेवामा समर्पित संघसंस्था गरी पाँच दर्जन बढी ब्यक्ति एवम् संस्थालाई सम्मान गर्न लागेको सभापति गौडेलले जानकारी गराए ।

कांग्रेस बाँकेले १४औं महाधिवेशन पश्चात २०७९ चैत १८ गते प्रथम जिल्ला सम्मेलन गरेको थियो । सभापति गौडेलले नेपाली कांग्रेसको विधान बमोजिम नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाँकेले गरेको निर्णय अनुसार जिल्लाभित्र रहेका वडा, पालिका, नगर, क्षेत्र र जिल्लाले बार्षिकरुपमा सम्मेलन गर्नुपर्ने व्यवस्था भए बमोजिम जिल्लाका केही वडा, पालिका र नगर बाहेक सबै वडा र क्षेत्रमा बार्षिक सम्मेलन सम्पन्न भएको बताए । जिल्ला सम्मेलन विगतको समिक्षा र आगामी दिनको कार्ययोजना प्रस्तुत गर्ने थलो पनि भएकाले उल्लासपूर्ण तरिकाले सम्पन्न गर्न कांग्रेस  बाँके लागिपरेको गौडेलको भनाई छ ।

पत्रकार सम्मेलनपछि वितरित प्रेस नोटमा भनिएको छ, "आम कांग्रेसजन र बाँकेबासीले अनुभूति गर्ने गरी पार्टीको प्रभावकारी उपस्थिति गाउँ–गाउँसम्म पु¥याउन हामी कर्मशील बनेर लागेका छौं । जनतासंग प्रत्यक्ष सरोकार राख्ने सामाजिक र सिर्जनात्मक क्रियाकलापहरुमा पार्टीलाई अग्रसर बनाउने हाम्रो पर्यत्न निरन्तर छ । हामीले स्पष्ट क्यालेण्डर र कार्ययोजनाका साथ काम गरिरहेका छौं ।" पत्रकारमाझ सभापति गौडेलले पहिलो बार्षिक सम्मेलन सम्पन्न गरे पश्चात सुशील कोइराला स्मृति भवनको निर्माण कार्यलाई तीब्र गतिमा अगाडि बढाएको तथा तीन बर्षे लक्ष्य भए पनि एक बर्षमै करीब ७० प्रतिशत काम सम्पन्न भइसकेको, पार्टी सुदृढीकरण अभियान अन्तर्गत ८१ वटै वडा सभापतिका लागि प्रशिक्षण तथा पाँच वटा पालिकामा पनि पलिकास्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको, जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितका लागि ५५ वटा घर–टहरा निर्माण गरेको, पार्टी संचालनका लागि लाभका पदमा रहेका ब्यक्तिहरुबाट प्राप्त लेबी बिधान अनुसार सम्बन्धित तहमा पठाउने काम शुरुवात गरेको बताए ।

पार्टीका नियमित गतिविधि सञ्चालन, केन्द्रीय क्यालेण्डर अनुसारका अभियान, दिवस, अग्रज नेताका जन्यजयन्ती, स्मृति दिवस तथा रक्तदान, खाना तथा फलफूल बितरण, बृक्षारोपण, अन्य सन्दर्भमा सामाजिक र रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको पनि नेपाली कांग्रेस बाँकेले जनाएको छ । यस्तै जनचासो र जनसरोकारका विषयमा पार्टीको धारणासहित सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने गरी विज्ञप्ती जारी गर्ने, ध्यानाकर्षण गर्ने, नियमितरुपमा पत्रकारहरुसंग अन्तरक्रिया गर्ने उद्देश्यले पत्रकार भेटघाट, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुसंग नियमित बैठक, अग्रजसंग राय–परामर्श ग्रहण गर्ने काम पनि गरिरहेको सभापति गौडेलले जानकारी दिए ।

सभापति गौडेलले नेपाली कांग्रेस बाँकेका गतिविधिलाई आफ्ना मिडियाहरुमा यथोचित स्थान दिई सहयोग गर्दै आएको भन्दै धन्यवाद दिएका छन् । उनले भने-"सञ्चार जगतसंग नियमित र निरन्तर सम्पर्कमा रहँदै विश्वासको जग बलियो बनाउन नेपाली कांग्रेस बाँके प्रतिबद्ध छ ।"

पत्रकार सम्मेलनमा पार्टी उपसभापतिद्वय गोपालप्रसाद अधिकारी र कृष्ण बहादुर कार्की, सचिव शुधांशु कोइराला, सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद थारु, प्रवक्ता डिल्ली गिरी, पार्टीका सल्लाहकार हुर्मत न्यौपाने, जिल्ला सदस्य लगायत अन्य नेताहरुको उपस्थिति थियो ।
 

IMG_20240607_171351-1717759789.jpg

WhatsApp-Image-2024-06-07-at-5.19.40-PM-(1)-1717760213.jpeg

WhatsApp-Image-2024-06-07-at-5.19.40-PM-1717760212.jpeg


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP