prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • १४ बुँदे घोषणपत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारणसभा सकियो
१४ बुँदे घोषणपत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारणसभा सकियो
RSG-2
दुई दर्जन पत्रकारलाई विभिन्न पुरस्कार र सम्मान
बागेश्वरी पोस्ट
शनिबार, जेठ २६, २०८१ बागेश्वरी पोस्ट
१४ बुँदे घोषणपत्र जारी गर्दै पत्रकार महासंघ बाँकेको साधारणसभा सकियो

नेपालगञ्ज । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ बाँके शाखाले आफ्नो १४औं साधारणसभामा १४ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गरेको छ । १४ बुँदे नेपालगञ्ज घोषणापत्र जारी गर्दै महासंघ बाँके शाखाको साधारणसभा आज नेपालगञ्जमा सम्पन्न भएको हो । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न साधारणसभाबाट पारित १४ बुँदे घोषणापत्रमा पत्रकारका विभिन्न विषयहरु उठान गरिएको छ । साधारणसभाबाट पारित भएको १४ बुँदे घोषणापत्रको पहिलो बुँदामा प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षा र प्रबद्र्धनका लागि सम्पूर्ण आमसञ्चार माध्यम र पत्रकारहरुलाई अझ बढी जिम्मेवार, कर्तब्यनिष्ठ, जवाफदेही र संयमतापूर्वक काम गर्न आग्रह गर्ने उल्लेख छ । यस्तै घोषणापत्रमा पत्रकार आचारसंहिता, पत्रकारिताका स्थापित मूल्य, मान्यता र सिद्धान्त अनुरुप सत्य, तथ्य, सन्तुलित र विश्वसनीय समाचार प्रकाशन प्रशारण गर्न आमसञ्चार माध्यम र पत्रकारहरुलाई आग्रह गर्ने जनाइएको छ ।

यस्तै साना लगानीमा सञ्चालन गरिएका भाषाभाषीका मिडियाको संरक्षण सम्बद्र्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारलाई सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन गर्न जोडदार माग गर्ने, मिडियामैत्री नीति तथा कानून बनाउन माग गर्दै नेपाल पत्रकार महासंघसंग समन्वय गर्न माग गर्ने, स्थानीय, प्रदेश र संघीय सरकारलाई समानुपातिकरुपमा विज्ञापन वितरण गर्न जोडदार माग गर्ने, स्थानीय विज्ञापन स्थानीय मिडियालाई प्राथमिकताका साथ दिने व्यवस्था माग गर्ने उल्लेख छ । अनलाइन आमसञ्चार माध्यमको दर्ता र नबीकरण, पत्रकार परिचयपत्रको वितरण र नबीकरण जिल्ला तहबाटै उपलब्ध गराउन सरकारसँग माग गर्ने, समाचारमूलक आमसञ्चार माध्यम र सोसल मिडियाबारे सर्वसाधारणमा एकै बुझाई भएकाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नीति, विधि, कार्यविधि, निर्देशिका र ऐन, कानून निर्माण माग गर्ने तथा श्रमजीवि पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्न माग गर्ने उल्लेख छ । 

यस्तै आठौं र नवौं बुँदामा आर्थिक मन्दीका कारण जिल्लामा सञ्चालित आमसञ्चार माध्यमको दिगोपनाका लागि स्थानीय सरकारलाई जवाफदेही र जिम्मेवार बन्न ध्यानाकर्षण गराउने तथा नेपाल पत्रकार महासंघको सदस्यता वितरण गर्दा मापदण्ड पुगेका क्रियाशील पत्रकारलाई सरल र सहज विधिमा सदस्यता उपलब्ध गराउन र पत्रकारिता पेशामा क्रियाशील नरहेका सदस्यहरुलाई स्वघोषणा वा स–सम्मान सदस्य नरहेको व्यवस्था मिलाउन सम्बद्ध सबैमा आग्रह गर्ने विषय समेटिएको छ । पत्रकारिता पेशा वा व्यवसायिक क्षेत्रका साझा समस्या तथा सवालहरुमा सरोकारवालाबीच छलफल, अन्तरक्रिया, गोष्ठी, सम्मेलन गरी समाधानका उपाय खोज्नुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

घोषणापत्रमा पत्रकारलाई निर्बाधरुपमा समाचार तथा फोटो, भिडियो संकलन गर्ने व्यवस्था मिलाउन र पत्रकारका विरुद्ध हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न सम्बद्ध सबैमा जोडदार माग गर्ने, महिला, जनजाति, दलित, मधेशी, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिलाई पत्रकारिता पेशामा आबद्ध गराउन र पत्रकारिता पेशामा टिकाउने खालका कार्यक्रम सञ्चालन गर्न सम्बद्ध सबैमा आग्रह गर्ने, बाँकेका पर्यटकीय गन्तब्यहरु बाँके राष्ट्रिय निकुञ्ज, बागेश्वरी मन्दिर, बर्फानी बाबा, सन्तानेश्वर मन्दिर, शैयद नुरखलिफा, गुरुद्वारा लगायतका क्षेत्रको विकास निर्माण र नयाँ पर्यटकीय गन्तब्यको पहिचान गर्न सम्बद्ध सबैमा आग्रह गर्ने विषय समेटिएको छ ।

यस्तै नेपाल पत्रकार महासंघ बाँके शाखाको १४औंं साधारणसभामा प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट, बिशेष अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, पूर्व अध्यक्ष, पूर्व पदाधिकारी, अग्रज पत्रकार, पत्रकार सम्बद्ध विभिन्न संघसंगठनका प्रमुखसहित सम्पूर्ण अतिथिलाई धन्यवाद ज्ञापन गर्दै साधारणसभामा पुरस्कृत एवं सम्मानित हुने सबैलाई बधाईसहित सहयोग गर्ने सबै निकायलाई धन्यवाद  दिइएको छ ।

१४औं साधारणसभामा लियाकत अलि पत्रकारिता पुरस्कारबाट निरज गौतम र शिव डोटेल, क्रियाशील पत्रकारिता पुरस्कारबाट विजय मल्ल र बैकुण्ठ अधिकारी, सूर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिताबाट शंकर खनाल र शोभा केसी, चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट विश्वराज पछल्ड्ङग्या, रबिन्द्र घिमिरे, माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट लक्ष्मण ढुङ्गाना (बर्दिया) र अनिता विश्वकर्मा (बाँके), रामकली, रामआधार पत्रकारिता पुरस्कारबाट बिक्रम बुढा क्षेत्री र अभिशेष गुप्ता, बेलमती स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गजेन्द्र गुरुङ्ग, रुपनी जिएम, आँखा स्वास्थ्य पत्रकारिताबाट खम्बप्रसाद पुन, कृष्णराज अधिकारी र चन्द्र बोहरा तथा गुरु खत्री पत्रकारिता पुरस्कारबाट तिलक गाउँलेलाई नगदसहित पुरस्कृत गरिएको छ ।

महासंघले पूर्व अध्यक्ष एवम सल्लाहकारलाई सम्मान गर्ने कार्यलाई समेत निरन्तरता दिएको छ । जसमा कानूनी सल्लाहकार एवम बरिष्ठ अधिवक्ता सुनिल श्रेष्ठ, सल्लाहकार डक्ट धिताललाई सम्मान गरेको छ । यस्तै महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीसहित पूर्व अध्यक्षहरु हेमन्त कर्माचार्य, निरज गौतम, प्रेम केसी, झलक गैरे, शुक्रऋषि चौलागाई, रुद्र सुवेदी तथा ठाकुर सिंह थारुलाई सम्मान गरेको छ ।
लियाकत अलि पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार महासंघ बाँकेले स्थापना गरेको पुरस्कार हो भने अन्य दाताले स्थापना गरेको पुरस्कार हो ।

पुरस्कार छनोटका लागि रुद्र सुबेदीको संयोजकत्वमा डक्ट धिताल र नवीन गिरी रहेको तीन सदस्यीय समिति गठन गरिएको थियो । साधारणसभामा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर विष्टले सञ्चार माध्यमको प्रवर्द्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । जिल्लाका सञ्चार माध्यमलाई विगतदेखि नै पालिकाले सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिइने बिष्टले प्रतिबद्धता जनाए । साधारणसभामा विभिन्न पेशागत संगठन तथा संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने महासंघको बन्दसत्रमा सचिव कमल डाँगी र कोषाध्यक्ष विनोद पौडेलले प्रस्तुत गरेको प्रतिवेदन पारित गरिएको छ ।

उद्घाटन सत्रमा महासंघ लुम्बिनी उपाध्यक्ष चौलागाई, पूर्व अध्यक्ष एवम् प्रेस युनियन बरिष्ठ उपाध्यक्ष केसी, पूर्व अध्यक्ष अली, पुरस्कार छनौट समिति संयोजक एवम् पूर्व अध्यक्ष सुवेदी, प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, प्रेस युनियन अध्यक्ष प्रियास्मृति ढकाल, चौतारी अध्यक्ष दुर्गा रोकाय, प्रेस सेन्टर अध्यक्ष राजेश आचार्य, प्रगतिशीलका संयोजक तिलक गाउँले, समाजवादी प्रेस संगठन अध्यक्ष लोकनाथ शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष संगीन शर्माले ब्यक्त गरेका थिए भने सञ्चालन सचिव डँगीले गरेका थिए ।  


प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP