prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सिर्जना सामुदायिक वनमा बन्यजन्तुका लागि दुई वटा कृत्रिम पानी पोखरी
सिर्जना सामुदायिक वनमा बन्यजन्तुका लागि दुई वटा कृत्रिम पानी पोखरी
RSG-2
वन तथा बन्यजन्तु संरक्षणमा सक्रिय 'एकीकृत भूपरिधि व्यवस्थापन आयोजना'
बागेश्वरी पोस्ट
आइतबार, असार २, २०८१ बागेश्वरी पोस्ट
सिर्जना सामुदायिक वनमा बन्यजन्तुका लागि दुई वटा कृत्रिम पानी पोखरी

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ४ रोहिणीस्थित सिर्जना सामुदायिक वनमा बन्यजन्तुका लागि दुई वटा कृत्रिम पानी पोखरी निर्माण गरिएको छ । पानी खोज्दै जंगली जनावर बस्ती नपसुन् र तिनीहरुको पानीको चाहा पूरा होस् भन्ने उद्देश्यले दुई वटा कृत्रिम पानी पोखरी बनाइएको छ । जहाँ जंगली जनावर आएर पानी खान्छन् । 

सिर्जना सामुदायिक वनका अध्यक्ष सुमन पौडेलले यी पानी पोखरीले बन्यजन्तुको आहार व्यवस्थापनमा सहजीकरण गर्ने र मानव बन्यजन्तु द्वन्द न्यूनीकरणमा सहयोग गर्ने बताए । "यो भएपछि जंगली जनावरलाई मानव बस्तीमा पानी खान जान परेन, जंगलमै सहजरुपमा पानी उपलब्ध भएपछि जनावरले त्यहीँबाट पानी खाएर पर्खने भए," पौडेलले भने-"जंगली जनावर पनि सुरक्षित हुने भए अनि मानव बस्तीमा पनि त्रास हुने भएन ।" 

May be an image of 1 person, tree and grass

एकीकृत भूपरिधि व्यवस्थापन आयोजना (इलम) ले यी पानीपोखरी निर्माण गरिदिएको हो । वन्यजन्तुलाई जंगल क्षेत्रमै सहजरुपमा पानी उपलब्ध गराई मानव बस्तीमा बन्यजन्तुको जोखिम न्यूनीकरण गर्न कृत्रिम पानी पोखरी निर्माण गरिएको इलम कोहलपुर फिल्ड कार्यालय प्रबन्धक प्रकाश थापाले बताए । कोहलपुरमा आज पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रम पश्चात कृत्रिम पानी पोखरीको स्थलगत अवलोकन गराइएको थियो । 

प्रबन्धक थापाले वन तथा बन्यजन्तु संरक्षणका लागि एकीकृत भूपरिधि व्यवस्थापनलाई प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना सञ्चालन गरिएको बताए । बाँकेको कम्दी जैविक मार्ग र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, कर्णाली नदी जैविक क्षेत्र र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा यो आयोजना लागू छ । थापाका अनुसार सुरक्षित बाख्रा खोर निर्माण, मेस जाली लगाउने, विभिन्न विद्यालयहरुमा इको क्लब गठन र अभिमुखीकरण, बन्यजन्तुका लागि पानी पोखरी निर्माण, घाँसे मैदान, उच्च गुणस्तरीय विरुवा उत्पादन गर्न हाइटेक नर्सरी निर्माण, सुधारिएको घरगोठ, उद्यम विकास, निजी वन संरक्षण लगायतका गतिविधि सञ्चालन गरिएको छ । 

कम्दी जैविक मार्गमा ३० घरका लागि सुरक्षित बाख्राखोर निर्माण गरिदिएको थापाको भनाई छ । यस्तै ६०० घरधुरीमा सुधारिएको हुँड निर्माण, बाघ होल्डिंग खोर निर्माण, १७ विद्यालयमा इको क्लब गठन, घण्टेश्वर सामुदायिक वनमा बन्यजन्तुबाट हुने क्षती रोक्न ३ किलोमिटर मेस जाली बनाउने काम गरिएको छ । विभिन्न सामुदायिक वनहरुमा कृत्रिम पानी पोखरीहरु समेत निर्माण गरिएको एकीकृत भूपरिधि व्यवस्थापन आयोजना कोहलपुर फिल्ड कार्यालय प्रबन्धक थापाले बताए ।  

May be an image of 1 person, studying and text

सब डिभिजन वन कार्यालय शमशेरगञ्जका बरिष्ठ वन अधिकृत सुशिल सुवेदीले इलमसंगको सहकार्यमा जिल्लामा थुप्रै कामहरु भएको बताए । २० हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण, वन डढेलो नियन्त्रण गर्नका लागि नवीनतम प्रविधि, सामुदायिक वनहरुलाई तालिम प्रदान गरेर क्षमता अभिमुखीकरण, अनुदान दिएर निजी वन निर्माण र संरक्षण, नरैनापुर र ढकेरीमा हाइटेक नर्सरी निर्माण लगायतका गतिविधि गरिरहेको सुवेदीले बताए । उनका अनुसार समुदायलाई उद्यमसंग जोड्न उद्यम विकास कार्यक्रम लागू भएको छ । जिल्लामा ८ वटा उद्यम पहिचान भएका छन् । 

May be an image of 5 people, beard, people studying and text

अन्तरक्रिया कार्यक्रममा वातावरण पत्रकार मुकेश पोखरेलले जलबायु परिवर्तन, वन र बन्यजन्तुमा यसको असर, मानव बन्यजन्तु द्वन्द न्यूनीकरण लगायतका विषयमा प्रस्तुतिकरण गरेका थिए । जि.इ.एफ. एजेन्सी डब्लुडब्लुएफको आर्थिक सहयोगमा एकीकृत भूपरिधि आयोजना (इलम) सन् २०२० देखि सञ्चालनमा छ । यो आयोजना नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गत छ ।  

May be an image of 6 people, beard, people studying, table and textMay be an image of 12 people, people studying, lighting, table and text


प्रकाशित मिति: आइतबार, असार २, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP