prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • वेष्टर्न रियल स्टेटद्वारा चलनचल्तीको बाटोमा अबरोध, स्थानीयलाई दुःख
वेष्टर्न रियल स्टेटद्वारा चलनचल्तीको बाटोमा अबरोध, स्थानीयलाई दुःख
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार २, २०८१ बागेश्वरी पोस्ट
वेष्टर्न रियल स्टेटद्वारा चलनचल्तीको बाटोमा अबरोध, स्थानीयलाई दुःख

नेपालगञ्ज । वेष्टर्न रियल स्टेटका सञ्चालकहरुले जग्गाको विषयलाई लिएर चलनचल्तीको बाटो अबरोध गरेर दुःख दिएको आरोप स्थानीयहरुले लगाएका छन् । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी लक्ष्मी शर्माको घर अगाडिको बाटो शनिबारदेखि अवरुद्ध छ । शर्माको घर जाने बाटो अवरुद्ध गरेर वेष्टर्न रियल स्टेट नेपालगञ्जका सञ्चालकले बार्गेनिङ गरेका छन् ।

वेष्टर्न रियल स्टेटका अध्यक्ष कौशल नेपालले शनिबार बाटो अवरुद्ध गर्दै तारबार गरेका छन् । जसका कारण आफूहरुलाई घर बाहिर निस्कन समेत अप्ठ्यारो परेको शर्मा बताउँछिन् । उनले भनिन्, ‘सुरुवातमा वेष्टर्न रियल स्टेटका सदस्यहरुको नाममा जग्गा प्लटिङ गरेर बिक्री गरेको थियो । मेरो घर अगाडिसम्म चार मिटरको बाटो नक्सामा देखाएर जग्गाको किनबेच भएको छ । तर, मेरो जमिन अगाडिबाट पनि बाटो दिनुपर्छ भन्दै वेष्टर्न रियल स्टेटका सञ्चालकहरुले मलाई दबाब दिएका छन् । कहिले बाटो अगाडि खाल्डो खन्छन्, अहिले बाटो नै अवरुद्ध गरेर दुःख दिएका छन् ।’

शनिबारदेखि शर्माको परिवारका सदस्यहरुलाई घरबाट बाहिर निस्कन समेत अप्ठ्यारो पर्ने गरी नेपालले तारबार गरेका छन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाए पनि रियल स्टेट धनीहरुले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगञ्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनुपर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुट्याएको जमिन भने रियल स्टेट सञ्चालकहरुले आफ्नै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका छन् । 

May be an image of ticket stub and text

चलनचल्तीको बाटो भए पनि बाटो अगाडि बढाउन शर्माले आफ्नो जमिन नदिएका कारण आफूले बाटो अवरुद्ध गरेको कौशलले बताए । उनले भने ,‘उहाँले किनेको जग्गा मेरो होइन । पूर्व जग्गा धनी र उहाँहरुसँग मौखिकरुपमा बाटोको लागि जमिन छोड्ने सहमति भएको थियो । तर, उहाँहरुले आफ्नो पुर्जाको जमिनमा घेरेर पर्खाल लगाउनुभयो । बाटोका लागि जमिन दिन सहमति जनाउनुभएन । त्यसपछि मेरो नामको जमिन बाटोको लागि प्रयोग भएको छ । त्यसलाई के गर्ने मेरो अधिकार हो । त्यसैमा तारबार गरें ।’

कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आँगन छ । त्यही घरको अगाडिको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै कौशलले आफूहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाएकी छिन् ।
कारकादो क्षेत्रमा प्लटिङ गर्ने क्रममा वेष्टर्न रियल स्टेटले सञ्चालक समितिका सदस्यहरुको नाममा जग्गा किनेर किनबेच गरेको देखिन्छ । प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने नेपालले आफ्नो नाममा गरेका छन् । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुटयाइएको छ । त्यही बाटो अवरुद्ध गरिएको छ ।

यही विवादलाई समाधान गर्नको लागि नेपालगञ्ज उप–महानगरपालिकामा दुबै पक्षबीच छलफल पनि भएको थियो । सहमति भने हुन सकेको छैन् । सहमति नभएपछि गत शनिबार नेपालले बाटो नै अवरुद्ध गरेर शर्मा परिवारलाई समस्यामा पारेका छन् ।

May be an image of floor plan, blueprint, ticket stub, measuring stick and text


प्रकाशित मिति: आइतबार, असार २, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP