Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सडक निर्माण अलपत्र भएपछि भैयापुरका स्थानीय आन्दोलित
सडक निर्माण अलपत्र भएपछि भैयापुरका स्थानीय आन्दोलित
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार ३, २०८१ बागेश्वरी पोस्ट
सडक निर्माण अलपत्र भएपछि भैयापुरका स्थानीय आन्दोलित

रविन्द्र घिमिरे/जानकी (बाँके) । भैयापुरका जनता सडक निर्माण अलपत्र भएपछि आन्दोलित भएका छन् । केही वर्ष अघिबाट निर्माण सुरु गरिएको सडक निर्माण तथा स्तरोन्नतिको कार्य अलपत्र हुँदा जानकी गाउँपालिका वडा नम्वर २ भैयापुरका स्थानीय आन्दोलित भएका हुन् । 

भैयापुरका स्थानीय जनताहरुले सडक अवरुद्ध गरेका छन् । उनीहरुले सडकमा अवरोध सिर्जना गरेका छन् । बाँकेको क्षेत्र नम्वर ३ अन्तर्गत पर्ने परसपुर-गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपति जेवी काठमाण्डौं ठेकेदार कम्पनीको लापरवाहीले सडक अलपत्र परेपछि आफूहरु आन्दोलनमा उत्रिन वाध्य भएको स्थानीय केशव शर्माले बताए । पछिल्लो समय निर्माण व्यवसायी र जिम्मेवार निकाय एकअर्काको इशारामा चल्दा विकास निर्माणका कार्यमा त्यसै ब्रेक लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । जसले गर्दा आम जनताले भने सधैंजसो सास्ती झेल्नुपर्ने भइरहेको अर्का स्थानीय विनोद सुनार गुनासो सुनाउँछन् ।

ठेकेदार पनि सम्पर्कविहिन भएको र यसमा सरकार र ठेकेदारको सेटिङ भएको हुन सक्ने स्थानीयहरु आशंका गर्छन् । अलिअलि भएको पीच बाटोलाई समेत भत्काएर अलपत्र पारेर छोडिदिएको सृजना रसाइलीको भनाई छ । सडक निर्माण शुरु नगर्दासम्म बाटो नखोल्ने चेतावनी स्थानीयले दिएका छन् । स्थानीय राज कुमार घर्ती मगरले निर्माण शुरु नभए सडक नखोल्ने बताए । 

संघीय सरकारको लगानीमा परसपुर-गौघाट सडक निर्माणको जिम्मा लिएको कन्काई गणपति जेवीले २०८१ भदौ २५ गते निर्माण सम्पन्न गर्ने गरी २०७९ बैशाख २५ गते सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि सडक निर्माणको काम भने अघि बढाइएको छैन । १३ करोड ४३ लाख २४ हजार ५ सय ९१ रुपैँया ६८ पैसामा सम्झौता गरेको थियो ।  
 


प्रकाशित मिति: सोमबार, असार ३, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP