prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न
RSG-2
आगामी चरणको कार्यक्रम सञ्चालनका लागि लागत साझेदारीका विषयमा छलफल
बागेश्वरी पोस्ट
मंगलबार, असार ४, २०८१ बागेश्वरी पोस्ट
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समन्वय समितिको बैठक सम्पन्न

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम समन्वय समितिको बैठक आज नेपालगञ्जमा सम्पन्न भएको छ । समितिका संयोजक एवम् नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकमा सामी कार्यक्रम लागू भएका बाँके जिल्लाका चार वटै स्थानीय तहमा चालू आर्थिक बर्ष २०८०/८१ मा भएको प्रगति कार्यक्रम संयोजक कमल सिंह नेपालीले प्रस्तुत गरेका थिए । त्यस उपर छलफल भई पृष्ठपोषण प्राप्त भएको सामाजिक परिचालन अधिकृत घनश्याम वलीले जानकारी दिए । 

आगामी आर्थिक बर्ष २०८१/८२ मा सञ्चालन हुने चौथो चरणको कार्यक्रम र बजेटका सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पत्र बमोजिम सुरक्षित आप्रवासन कार्यक्रमको आगामी चरण सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा लागत साझेदारी हुने गरी बजेट विनियोजन गर्नुपर्ने भएकाले बाँके जिल्लामा हालसम्म लागू भएको चार वटा स्थानीय तहमा आर्थिक बर्ष २०८१/८२ मा साझेदारी गर्नुपर्ने रकम रु. १२ लाख ६४ हजार ७ सय हुने भएकाले सो अनुसारको जानकारी सम्बन्धित सबै स्थानीय तहलाई जानकारी गराउने निर्णय गरिएको छ ।

बैठकमा नेपालगञ्जका प्रमुख विष्टले बढ्दो बैदेशिक रोजगारीको अवस्थालाई हेर्दा संघीय मन्त्रालयको प्रस्ताब बमोजिम यो कार्यक्रममा स्थानीय तहले लागत साझेदारी गर्नुपर्ने देखिएकाले आगामी गाउँ नगर सभामा नीति कार्यक्रममार्फत सम्बोधन गर्ने गरी अघि बढ्न आवश्यक देखिएको बताए । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विक तुफानले सामी कार्यक्रमको प्रभावकारिता देखिएकाले निरन्तरताका लागि स्थानीय सरकारको साझेदारी रहने बताए ।   

May be an image of 3 people, people studying, dais and text

बैठकमा बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर खड्का, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझी, नेपालगञ्ज उपमहानगरपालिका आर्थिक विकास समिति संयोजक गोपाल पुन, कोहलपुर नगरपालिका सामाजिक समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, नेपालगञ्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्ण प्रसाद जोशी लगायतको उपस्थिति थियो । 

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

May be an image of 3 people, people studying and text

 


प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  ११:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
'एक्टिंग स्टार' को टप टेनमा पुगेकी नेपालगञ्जकी चेली नविनालाई विजेता बनाउन 'मिडिया क्याम्पेन'
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP