prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने काम गर्दै 'सामी'
बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने काम गर्दै 'सामी'
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ५, २०८१ बागेश्वरी पोस्ट
बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउने काम गर्दै 'सामी'

नेपालगञ्ज । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन निरन्तर काम गरिरहेको छ । सामीले आज नेपालगञ्जमा पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा आफ्ना गतिविधिबारे जानकारी गराएको छ । सामीका बाँके जिल्ला संयोजक कमल सिंह नेपालीले प्रस्तुतिकरण गर्दै कार्यक्रमको प्रभावकारिताबारे जानकारी गराएका हुन् ।  

तथ्यांक अनुसार लुम्बिनी प्रदेशबाट १ लाख ३६ हजारले श्रम स्वीकृति लिएका छन् । बैदेशिक रोजगारीमा जानका लागि एक बर्षमा १ लाख ३६ हजार १ सय २८ जनाले श्रम स्वीकृति लिएका हुन् । जसमा पुरुष १ लाख २८ हजार ४३ र महिला ८ हजार ८५ जना छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका अनुसार लुम्बिनीमा सबैभन्दा बढी रुपन्देही, दोस्रोमा दाङ र तेस्रोमा कपिलबस्तुबाट श्रम स्वीकृति लिएका छन् । सुरक्षित आप्रवासन कार्यक्रमले सूचनामा पहुूँच, न्यायमा पहुँच (कानुनी सहजीकरण), सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तीय साक्षरतामा काम गरिरहेको छ ।

सामीका बाँके जिल्ला संयोजक नेपालीका अनुसार आप्रवासी स्रोत केन्द्रबाट एक बर्षमा १० हजार ७ सय ३६ जनाले सूचना र परामर्श लिएका छन् । बाँकेमा सामी कार्यक्रम सञ्चालन भएको चार बर्षको अवधिमा २८ हजार ४ सय ६६ जनाले सूचना र परामर्श लिएको नेपालीले बताए ।

May be an image of 1 person, studying and text

नेपालगञ्जमा आज पत्रकारहरुसंगको अन्तरिक्रया कार्यक्रममा चालू आर्थिक बर्ष २०८०/८१ मा बाँकेमा १ करोड १६ लाख ८४ हजार ४ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको छ । आप्रवासी स्रोत केन्द्रमा दर्ता भएका १४७ समस्यामा उक्त रकम सहजीकरण गरिएको हो । बैदेशिक रोजगारीमा ठगी सम्बन्धि समस्या बढ्दै गएको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत बर्ष ठगीका १४ घटना दर्ता भएकोमा यो आर्थिक बर्षमा त्यो संख्या बढेर ४७ पुगेको छ ।

बाँकेमा मृत्युको घटना १८ छ । सामीका सामाजिक परिचालन अधिकृत घनश्याम वलीका अनुसार बाँकेका चार पालिका नेपालगञ्ज, कोहलपुर, खजुरा र बैजनाथमा सञ्चालित चार चार वटा वित्तीय साक्षरता कक्षामा ४०७ जना सहभागी भएका छन् । यस्तै सीप विकास तालिमका लागि नेपालगञ्जबाट १८, कोहलपुर ३९, खजुरा ९ र बैजनाथबाट २० जना सिफारिस भएका छन् ।

सामीले बैदेशिक रोजागारीका कारण सिर्जित मनोसामाजिक समस्यामा परामर्श पनि दिने गरेको छ । चालू आर्थिक बर्षमा नेपालगञ्जमा ३०, कोलहपुरमा ३०, बैजनाथमा ३२ र खजुरामा ३३ जनामा मनोसामाजिक समस्या पहिचान गरी परामर्श गरिएको छ । कार्यक्रममा बैदेशिक रोजगार बोर्डकी सामी कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन भइरहेका प्रयासबारे जानकारी गराएकी थिइन् ।  

सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बाँकेका चार पालिकामा सञ्चालनमा छ । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र बैजनाथ गाउँपालिकामा सामी कार्यक्रम सञ्चालन भइरहेको छ । नेपालमा २०६७ सालदेखि सुरु भएको सामी कार्यक्रम अहिले मुलुकभरका ३८ जिल्लाका १५६ पालिकामा सञ्चालन भइरहेको छ ।

सामी कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अन्तर्गत सञ्चालनमा छ । यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारको नेतृत्वमा कार्यान्वयन भइरहेको छ । कार्यक्रमलाई स्विस सरकारको तर्फबाट प्राविधिक सहयोग हेल्भेटास नेपालले उपलब्ध गराएको छ ।

May be an image of 1 person and text


प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP