Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लक्ष्मीले पाइन् न्याय, हट्यो घर अगाडि बाटोको काँडेतार
लक्ष्मीले पाइन् न्याय, हट्यो घर अगाडि बाटोको काँडेतार
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार १३, २०८१ बागेश्वरी पोस्ट
लक्ष्मीले पाइन् न्याय, हट्यो घर अगाडि बाटोको काँडेतार

नेपालगञ्ज । नेपालगञ्ज–१८ कारकाँदो निवासी लक्ष्मी शर्माको घर अगाडि लगाइएको काँडेतारे हटेको छ । चलनचल्तीको बाटो अवरुद्ध गरेर जग्गा व्यवसायी कौशल नेपालले शर्माको घर जाने बाटो अवरुद्ध गरेर दुःख दिएका थिए । स्थलगत प्रतिवेदन अनुसार तारबार गरिएको ठाउँमा चलनचल्तीको बाटो भएको प्रमाणित भएपछि नेपालगञ्ज उप–महानगरपालिका प्रमुख प्रशान्त विष्टले उक्त बाटोमा गरिएको अवरोध हटाउन निर्देशन दिएका थिए । कानुनमा भएको व्यवस्था अनुसार अवरुद्ध बाटो हटाइएको नेपालगञ्ज उप–महानगरपालिकाले जनाएको छ ।

प्रमुख विष्टको निर्देशनपछि बुधबार नगर प्रहरीको टिम गएर बाटोमा लगाएको काँडे तारबारलाई हटाएका थिए । कानुनी रुपमा आफूले न्याय पाएको पीडित शर्माले बताइन् । उनले भनिन्, ‘घरको बाटो करीब एक महिनादेखि बन्द भएको थियो । मेरो घर परिवारलाई दैनिक आवातजावतमा समस्या परेको थियो । मानसिकरुपमा हामीलाई धेरै समस्याको सामना गर्नुपर्यो ।’ न्याय पाउनको लागि आफूले नेपालगञ्ज उप–महानगरपालिकादेखि लिएर अन्य सम्बन्धित निकायमा पनि समेत उजुरी दिएको शर्माले बताइन् । तर, बुधबार नगर प्रहरीले अवरुद्ध भएको बाटो सुचारु गरेपछि आफूले न्यायको अनुभूति गरेको शर्माले बताइन् ।

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ निवासी शर्माको घर अगाडिको बाटो करीब १ महिना अघिदेखि अवरुद्ध थियो । शर्माको घर जाने बाटो अवरुद्ध गरेर व्यवसायी नेपालले बार्गेनिङ गरेका थिए । जग्गा व्यवसायी नेपाल वेष्टर्न रियल स्टेटका अध्यक्ष हुन् । प्लटिङ गर्ने क्रममा चलनचल्तीको लागि बाटो देखाए पनि नेपालले त्यसलाई सार्वजनिक भने गर्ने गरेका छैनन् । कानुनी हिसाबले नेपालगञ्ज उप–महानगरपालिकाकामा बाटोको लागि कम्तिमा ६ मिटर जमिन हुनुपर्ने प्रावधान छ । प्लटिङ गरेर जमिन बिक्री गर्दा बाटोको लागि छुट्याएको जमिन भने नेपालले आफ्नै नाममा राखेर पछि बार्गेनिङ गर्ने गरेका थिए ।

चलचल्तीको बाटो भए पनि बाटो अगाडि बढाउन शर्माले आफ्नो जमिन नदिएका कारण आफूले बाटो अवरुद्ध गरेको नेपालले बताएका थिए । कित्ता नम्बर १३१३ र १३१४ मा लक्ष्मी शर्माको घर र आँगन छ । त्यही घरको अगाडिको जमिन बाटोको रुपमा दिनुपर्छ भन्दै नेपालले आफूहरुलाई धम्काउने, तर्साउने गरेको लक्ष्मीले आरोप लगाउँदै आएकी थिइन् ।

प्लटिङ गर्ने क्रममा चार मिटरको बाटो भने नेपालले आफ्नो नाममा दर्ता गरेका थिए । प्लटिङ गरेको क्षेत्रमा चार मिटरको बाटो छ । कित्ता नम्बर ११७७ र १२६१ नम्बर बाटोको लागि छुट्याइएको छ । त्यही बाटो अवरुद्ध गरिएको थियो । विवादलाई समाधान गर्नको लागि नेपालगञ्ज उप–महानगरपालिकामा दुबै पक्षबीच छलफल पनि भएको थियो । तर, सहमति हुन नसकेपछि प्रमुख विष्टले कानुन प्रक्रिया अनुसार निकास दिन प्रक्रिया अगाडि बढाएका हुन् ।


प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
भोटेकोशी विनाशकारी बाढीपछि ज्यान गुमाउनेको संख्या १ हजार ४५१ पुग्यो
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP