नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, फागुन ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा सञ्चालित 'तातो हावाको लहर प्रतिकार्य कार्यक्रम' कोे समिक्षा
नेपालगञ्जमा सञ्चालित 'तातो हावाको लहर प्रतिकार्य कार्यक्रम' कोे समिक्षा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असार १६, २०८१ बागेश्वरी पोस्ट
नेपालगञ्जमा सञ्चालित 'तातो हावाको लहर प्रतिकार्य कार्यक्रम' कोे समिक्षा

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमकोे आज समिक्षा गरिएको छ । गत जेठदेखि हालसम्म यस कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको समिक्षा गरिएको हो । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा बसेको तातो हावा कार्यदलको बैठकमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न १२ वटा क्रियाकलापहरुका बारेमा चर्चा गरिएको छ । कार्यदल संयोजक रहेका नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले सञ्चालित कार्यक्रम र तिनको प्रभावबारे जानकारी गराएका थिए ।

डाँगीका अनुसार जेठ २ गतेदेखि असार ७ गतेसम्म जमुनाहा नाकामा आम सर्वसाधारणलाई निःशुल्क पिउने पानी वितरण गरिएको छ । यस अवधिमा करीब १ लाख १२ हजारले पानी पिएका छन् । यस्तै नाकामा जोखिम सचेतना सन्देश पनि प्रसार गरिएको छ । बैशाख १८ गतेदेखि जेठ ३१ गतेसम्म नेपालगञ्जका १९, २१ र २२ नम्बर वडाका ८०५ जोखिम परिवारमा सचेतना प्रबद्र्धन गर्न घरभेट कार्यक्रम सम्पन्न गरिएको छ । पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण गरिएको छ । जसमा ५२ जना सहभागी थिए । जोखिमयुक्त समुदायका संकटासन्न घरपरिवार र विद्यालयमा सेतो रंग लेपन गर्ने कार्यक्रम नेपालगञ्जको वडा नम्बर १९ का १४ घर र २ वटा विद्यालयमा सम्पन्न भएको छ ।

आम नगरबासीका लागि लू सचेतना सम्बन्धि माइकिंग गर्दा करीब २५ हजार मानिस लाभान्वित भएको अनुमान गरिएको रेडक्रस बाँकेका उपनिर्देशक डाँगीले बताए । यस्तै रेडियाहरुबाट सूचनामूलक सन्देश प्रशारण, डिजिटल बोर्डबाट सूचना प्रशारण, मिडिया बुष्टिंग गनेृ काम पनि सम्पन्न भएको छ । नेपालगञ्जका २० वटा सामुदायिक विद्यालयहरुमा पानी छान्ने फिल्टर मेशिन वितरण गरिएको छ । नेपालगञ्ज ४ बसपार्क क्षेत्रमा कुलिंग सेन्टर (सितलन केन्द्र) निर्माणाधीन अवस्थामा छ । २३ वडाका विभिन्न विद्यालयमा करीब २० हजार विद्यार्थीका लागि सचेतना अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको हो । तातो हावाको लहर प्रतिकार्य कार्यक्रम लाभग्राहीका लागि प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ । चर्को गर्मी हुने र तातो हावाको लहर (लु) चल्ने नेपालगञ्जमा पूर्व तयारी र आवश्यक सजगतामा जोड दिइएको छ । 


प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
'मलाई विश्वास छ, मतदाताले जिताउनुहुन्छ, मैले उहाँहरुको भरोसा टुट्न दिने छैन'- नारायण गौडेल
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
कोइरालाको महाशिवरात्री विशेष, दिनभर धार्मिक गतिविधि र भेटघाटमा ब्यस्त 
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP