नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी खजुरामा सम्पन्न
जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी खजुरामा सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार २०, २०८१ बागेश्वरी पोस्ट
जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी खजुरामा सम्पन्न

नेपालगन्ज । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा जिल्ला स्तरीय प्रधानाध्यापक तथा शिक्षक नायक गोष्ठी खजुरामा सम्पन्न भएको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष एवं प्रमुख अतिथि डम्बर बहादुर विक तुफानले मानवीय सेवाका लागि रेडक्रससंग मिलेर काम गर्न पालिका तयार रहेको बताउँदै रक्तसंचार सेवा र विपद् व्यवस्थापनमा भएको सहकार्यको प्रशंसा गरे । खजुरा गाउँपालिकाका उपाध्यक्ष एवं विशिष्ट अतिथि मञ्जु मल्लले विपद्को नजिक आइपुगेकोले राहत प्रतिकार्यका लागि शिक्षकहरुलाई तयारी अवस्थामा रहन अनुरोध गरिन् ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले विद्यालय स्तरबाट रेडक्रसलाई भइरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सबै पालिकासंग विपद्, जुनियर तथा युवा र स्वास्थ्यका गतिविधि संचालन भइरहेको बताए । नेपाल रेडक्रस सोसाइरी सितापुर उपशाखाको समन्वय र युवा रेडक्रस सर्कल योगिनी माध्यमिक विद्यालयको आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३१ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षक नायकहरुको सहभागिता रहेको थियो ।

बन्दसत्रमा सबै आधारभूत र माविमा सर्कल गठन र पुनर्गठन गर्ने, सर्कलहरुमा रेडक्रस अभियान प्रचारप्रसार अभिमुखीकरण संचालन गर्ने, शिक्षकनायकलाई प्राथमिक उपचार तालिम र विद्यालयलाई प्राथमिक उपचार किट उपलब्ध गराउन स्थानीय तहसंग समन्वय गर्ने, विद्यालयको बार्षिक क्यालेण्डरमा जुनियर तथा युवा गतिविधि समावेश गर्ने र समायनुकल विषयमा शिक्षकहरुलाई अभिमुखीकरण गर्ने लगायत विषयमा गोष्ठीले सिफारिस गरेको छ ।

जुनियर तथा युवा विकास समितिका संयोजक यमनारायण महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष धनाराम वली, समाजसेवी कृष्णमान श्रेष्ठ, रेडक्रस बाँके शाखा मन्त्री अजिज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष यम महतरा, सदस्य हिम बहादुर पुन, रेडक्रस  बागेश्वरी उपशाखा सभापति जीवनाथ सापकोटा, जनसेवा माविका प्रधानाध्यापक टंकनाथ दाहाल, योगिनी माविका प्रधानाध्यापक रामचरण चौधरी, रेडक्रस बाँके शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायतले विचार व्यक्त गरेका थिए । गोष्ठीको सहजीकरण रेडक्रस बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए । कार्यक्रम संचालन रेडक्रस सितापुर उपशाखाका सचिव प्रेम खनालले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  २१:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP