नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोहलपुरमा वृक्षारोपण अभियान, यसै बर्ष १० हजार विरुवा रोप्ने लक्ष्य
कोहलपुरमा वृक्षारोपण अभियान, यसै बर्ष १० हजार विरुवा रोप्ने लक्ष्य
बागेश्वरी पोस्ट
शुक्रबार, असार २१, २०८१ बागेश्वरी पोस्ट
कोहलपुरमा वृक्षारोपण अभियान, यसै बर्ष १० हजार विरुवा रोप्ने लक्ष्य

नेपालगञ्ज । कोहलपुर नगरपालिकाले आजदेखि वृक्षारोपण अभियान सुरु गरेको छ । वसपार्क परिसरमा वृक्षारोपण गरेर यो वर्षको अभियान थालिएको हो । नगर प्रमुख पूर्ण प्रसाद आचार्य, नगर उपप्रमुख संगिता सुवेदी र निवर्तमान नगर प्रमुख लुटबहादुर रावतले संयुक्तरुपमा वृक्षारोपण कार्यक्रमको सुभारम्भ गरेको नगर प्रहरी प्रमुख वीर बहादुर थापाले जानकारी दिए । उनीहरुले स्वामीको विरुवा रोपेर अभियानको सुरुवात गरेका हुन् । 

चालू आर्थिक वर्ष २०८०/०८१ मा कोहलपुर क्षेत्रभित्र करीब १० हजार विरुवा रोप्ने उद्देश्यका साथ यो वर्षको अभियान सुरु गरिएको नगर प्रमुख आचार्यले जानकारी दिए । नगर क्षेत्रमै मात्र विभिन्न प्रजातिका पाँच हजार विरुवा रोप्ने योजना छ भने नगर बाहिरका विभिन्न वडाहरुमा थप पाँच हजार विरुवा रोप्ने योजना छ । कोहलपुर नगरपालिकालाई हरित नगरको रुपमा विकास गर्ने उद्देश्यले नगरपालिकाले नीतिगत रुपमै वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिएको छ । 

कोहलपुर क्षेत्रमा बढ्दो तापमानलाई कम गर्नका लागि पनि वृक्षारोपण आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए । ‘कोहलपुर नगरपालिकालाई हरित नगर बनाउँदै यसको सौन्दर्य बढाउने कुरा त भइ नै हाल्यो तर पछिल्लो समय बढ्दो तापमानलाई समेत न्यूनीकरण गर्नका लागि पनि वृक्षारोपण अपरिहार्य आवश्यकता बन्यो,' नगर प्रमुख आचार्यले भने–‘वसपार्क क्षेत्रमा यसको आवश्यकता झनै देखियो । वरपर सबै कंक्रिट छ । कम्तिमा बोटविरुवा रोपियो भने शितलता प्रदान गर्नमा सघाउ पु¥याउने छ ।’ 

वसपार्क क्षेत्रमा मात्रै १६० बढी विभिन्न प्रजातिका विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । स्वामी तीन वटा, कोनोकार्पस ५० वटा, छतिवन ४०, कल्की २०, कपुर ३०, निम १०, पारिजात २० र धुपीका १० वटा विरुवा रोपिएको नगर प्रहरी प्रमुख थापाले बताए । कोहलपुर नगरपालिकामा नगर प्रमुख आचार्य नेतृत्वको जनप्रतिनिधिको टिम आइसकेपछि कोहलपुरलाई हरित नगरको रुपमा विकास गर्ने विषय प्राथमिकतामा परेको छ । अहिले कोहलपुर–नेपालगन्ज सडक खण्डमा कोनोकार्पस र छतिवन प्रजातिका विरुवाहरु हुर्किरहेका छन् । 

कोहलपुर नगरपालिकाको हरित नगर बनाउने अभियानमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र लुम्विनी प्रदेश वन मन्त्रालयले समेत सहयोग गरेको छ । यस्तै बोटविरुवा संरक्षणमा स्थानीयबासी, संघसंस्थाहरुले समेत महत्वपूर्ण योगदान गर्दै आएका छन् । ‘विरुवा रोप्ने मात्र ठूलो कुरा होइन त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पार्ट हो । नगर प्रहरी तथा स्थानीय सरकारले मात्रै संरक्षण गर्न सक्दैन,' नगर प्रहरी प्रमुख थापाले भने–‘स्थानीयबासी, विभिन्न संघसंस्थाहरुले ट्रिगार्ड उपलब्ध गराएर विरुवा संरक्षणमा महत्वपूर्ण सहयोग गर्नुभएको छ ।’ 

आजदेखि सुरु भएको वृक्षारोपण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा नम्बर ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, जिल्ला ट्राफिक कार्यालय प्रमुख गोपिकृष्ण सुवेदी, कार्यपालिका सदस्यहरु, कर्मचारी, राजनीतिक दल, यातायात व्यवसायी, घरेलु महासंघ, होटल व्यवसायी, उद्योगी व्यवसायी, विभिन्न सामाजिक संघसंस्था, युवा क्लव, बाल क्लव, किशोरी क्लब लगायतको सहभागिता रहेको थियो ।  
 


प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १३:१८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
नेविसंघ नेता रावलले २८ बर्षमा २८ जनालाई गराए रक्तदान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
मनसुनजन्य विपदबाट बाँकेमा १५ हजार परिवार प्रभावित हुने पूर्वानुमान
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डिजिटल मिडिया, मर्यादित पत्रकारिता र पत्रकार आचारसंहिता विषयक अभिमुखीकरण तालिम सुरु
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
डुडुवाले पत्रकार महासंघ बाँकेमा सभा हल निर्माण गर्दै
Nepalgunj metro _nabin bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP