Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • लम्साल, थापा र पाल एआईजी बढुवाको लागि सिफारिस
लम्साल, थापा र पाल एआईजी बढुवाको लागि सिफारिस
RSG-2
शैलेस थापा भावी आईजी !
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १५, २०७६ बागेश्वरी पोस्ट
लम्साल, थापा र पाल एआईजी बढुवाको लागि सिफारिस
तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाल

काठमाडौं । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले नेपाल प्रहरीमा रिक्त तीन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नाम सिफारिस गरेको छ ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु तारिणी लम्साल, शैलेस थापा क्षेत्री र हरीबहादुर पाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको लागि सिफारिस गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बरियतामा पहिलो, दोश्रो र तेस्रो नम्बरमा रहेका उनीहरुलाई सोही बरियता अनुसार प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाको लागि सिफारिस गरिएको छ । बढुवा सुचीको पहिलो नम्बरमा रहेका तारिणी लम्साल हालका प्रहरी महानिरीक्षक (आईजी) ठाकुर ज्ञवालीसंगै २०४७ असार २५ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गरेका हुन् ।

उनीसँगै एकै मितिमा सेवा प्रवेश गरेका सुर्य उपाध्याय प्रहरी नायब महानिरीक्षक (डीआईजी) बढुवामा पछाडी परेकाले एआईजी बढुवामा अटाएनन् ।

पहिलो नम्बरमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा सिफारिस भएका लम्सालले ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाश पाएपछि भावी प्रहरी महानिरीक्षक (आईजी) को लागि थापा र पालबीच प्रतिस्पर्धा हुनेछ । उनीहरू दुबैजना २०४९ बैशाख १९ मा प्रहरी निरिक्षक (इन्स्पेक्टर) बाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका अधिकृत हुन् ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा सिफारिस भएका शैलेस थापा (क्षेत्री) लाई नेपाल प्रहरीको भावी (२८औं) प्रहरी महानिरीक्षक (आईजी) रुपमा हेर्न थालिएको छ । थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ताको जिम्मेवारीमा छन् भने पाल विशेष ब्यूरोको प्रमुख छन् ।

एआईजीको दरबन्दी कम भएका कारण थापा र पालसंगै डीआईजीमा बढुवा भएका निरजबहादुर शाही, प्रध्युम्न कार्की र सुर्यप्रसाद उपाध्याय एआईजी बढुवा सिफारिसमा परेनन् । डीआईजी उपाध्याय ३० बर्षे सेवाहदका कारण आगामी असार २४ मा अनिवार्य अवकाशमा जानेछन् ।


प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP