नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियानबारे समिक्षा
लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियानबारे समिक्षा
बागेश्वरी पोस्ट
मंगलबार, असार २५, २०८१ बागेश्वरी पोस्ट
लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियानबारे समिक्षा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय बाँकेले सञ्चालन गरेको लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ बारे समिक्षा गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एवम् प्रहरी उपरीक्षक तुल बहादुर कार्कीको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा अभियानबारे समिक्षा गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले समिक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए । समिक्षा प्रतिवेदनमा प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई सघन ढंगले अघि बढाएर निगरानी र कारबाहीको संख्यामा बढोत्तरी आए पनि कारोबार र प्रयोग घट्न नसकेको औंल्याइएको छ । भारतसंगको ६९ किलोमिटर खुला सिमानालाई सबैभन्दा ठूलो चुनौति मानिएको छ । अहिले नयाँ विकास भएका बस्तीहरुमा कारोबार र प्रयोग बढेको प्रहरी निष्कर्ष छ । 

May be an image of 2 people, dais and text

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार औषधि व्यवस्था विभागसँग समन्वय गरी औषधि पसलको अनुगमनलाई तिव्रता दिइएको तथा केहीलाई कारबाही समेत गरिएको छ । प्रबक्ता डाँगीले लागूपदार्थ सेवन गरे नगरेको परीक्षण गर्ने कीट खरिद गरिएको र आगामी दिनमा परीक्षण कार्यलाई अगाडि बढाइने जानकारी दिए । डग स्टिङ कार्यक्रममार्फत पनि यो अभियानलाई अघि बढाएको प्रहरीको भनाई छ । 

लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्धको एकिकृत अभियान २०८१ अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाँकेले एक दिने मनोसामाजिक परामर्श कार्यक्रम, विद्यालय स्तरीय निबन्ध लेखन प्रतियोगिता, सचेतनामूलक होडिङ वोर्ड जडान, स्थानीय बाल क्लवहरूसँग समन्वय गरी सडक नाटक प्रदर्शन लगायतका गतिविधि सम्पन्न गरिएको छ । 

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले स्थानीय सरकार लागूऔषध नियन्त्रण कार्यक्रममा प्रहरी र सम्बन्धित संघसंस्थासंग संगसंगै रहेको बताउँदै आगामी दिनमा अझ बढी प्राथमिकता दिएर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।  यो अभियानमा सम्पूर्ण नगरबासीको साथ र सहयोगका लागि उनले आग्रह समेत गरे । 

May be an image of 7 people and text

प्रहरी एक्लेले गरेर नहुने हुँदा यस अभियानमा सबैबाट सहकार्यको आवश्यकतामा जोड दिइएको छ । सहकार्यमा सहयोग गरेकोमा जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकालाई धन्यवाद दिएको छ । साथै त्यस कार्यक्रममा निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रतियोगीलाई पुरस्कार वितरण पनि गरिएको थियो भने लागूऔषध नियन्त्रण कार्यमा सहयोग गर्ने संघसंस्थाहरूलाई सम्मान समेत गरिएको थियो । जिल्ला प्रहरीले नेपालगञ्ज उपमहानगरपालिकालाई समिक्षा प्रतिवेदन हस्तान्तरण पनि गरेको छ । कार्यक्रममा नगर उपप्रमुख कमरुद्दिन राई लगायत सरोकारवाला उपस्थित थिए । 

May be an image of 5 people and textMay be an image of 10 people, people studying, table and hospital

 


प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २२:१२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न,  ९ सदस्यीय कार्यसमिति चयन
बैकुण्ठधाम सिधनियाघाटको प्रथम साधारणसभा सम्पन्न, ९ सदस्यीय कार्यसमिति चयन
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
विश्व प्रेस स्वतन्त्रता दिवसमा नेपालगञ्जमा प्रभातफेरी र स्वास्थ्य शिविर
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP