prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नमुनाको रुपमा विद्यालय भवन ‘रेट्रोफिटिङ’, समुदायस्तरमा बढ्दैछ सचेतना
नमुनाको रुपमा विद्यालय भवन ‘रेट्रोफिटिङ’, समुदायस्तरमा बढ्दैछ सचेतना
banijya office
नवीन गिरी
बिहीबार, असार २७, २०८१ नवीन गिरी
नमुनाको रुपमा विद्यालय भवन ‘रेट्रोफिटिङ’, समुदायस्तरमा बढ्दैछ सचेतना
‘रेट्रोफिटिङ’ गरिएको विद्यालय भवन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन एकेडेमीका निमित्त प्रधानाध्यापक तरन्नुम रँरेज ढुक्क देखिन्छिन् । त्यस्तै ढुक्क देखिन्छन्, विद्यार्थी र अभिभावक पनि । गरीब र विपन्न बर्गका बालबालिकाले अध्ययन गर्ने उक्त विद्यालयलाई भविष्यमा आउन सक्ने भूकम्पबाट सुरक्षित बनाउनका लागि भूकम्पीय प्रबलीकरण (रेट्रोफिटिङ) गरिएपछि शिक्षक, विद्यार्थी र अभिभावक सबै ढुक्क देखिएका हुन् । “पहिले जीर्ण भवन थियो, पुरानो संरचना भएका कारण जोखिम थियो, तर अहिले भूकम्प प्रतिरोधी हुने गरी मर्मत गरिएपछि भवन बलियो भएको छ, रंगरोगन गरेर चिटिक्क बनेको छ,” निमित्त प्रधानाध्यापक रँरेजले भनिन्–“सबैले सोधीखोजी गर्नुहुन्छ, यस्तो कसरी बनाउन सकिन्छ भनेर जान्न खोज्नुहुन्छ, यसले समुदायस्तरमा समेत प्रबलीकरणबारे थाहा हुन थालेको छ ।” विद्यालयको भवन बलियो र भूकम्प प्रतिरोधी बनाइएको तथा रंगरोगन गरेर आकर्षक देखिएपछि अभिभावकहरुको विश्वास पनि विद्यालयप्रति बढेको पाइएको छ । गत बर्ष ४०–४५ जना मात्र विद्यार्थी रहेकोमा अहिले ९० जना पुगिसकेका छन् । 

nepalgunj 081-082

May be an image of 1 person and temple

सुरुमा विद्यालयको कमजोर र पुरानो संरचनाको जोखिमलाई हेक्का नराखेका अभिभावकहरु र स्थानीयले समेत हिजोआज भूकम्पीय प्रबलीकरणको महत्व बुझ्न थालेको स्थानीय अगुवा एवम् समाजसेवी मक्सुद अहमद बताउँछन् । उक्त विद्यालयका निवर्तमान प्रधानाध्यापक समेत रहेका मक्सुद यो नमुना कामले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको ठान्छन् । भूकम्पीय जोखिमयुक्त घरलाई कम खर्चमा प्रबलीकरण गरेर पनि भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने सन्देश प्रवाह भएको उनको बुझाई छ । “अहिले सबै जना ढुक्क हुनुहुन्छ, हाम्रा बालबालिका सुरक्षित भवनमा बसेका छन् भन्ने भएको छ”, अहमद भन्छन्,–“यसले विद्यालयको चार्मिङ समुदायमा बढेको त छ नै, कमजोर भवनलाई बलियो बनाउन पनि सकिँदोरहेछ भन्ने राम्रो बुझाई पनि विकास भएको छ ।”

नेपालगञ्जमा भूकम्पको जोखिममा रहेका संरचना प्रबलीकरण गर्न जनस्तरमा सचेतना प्रबद्र्धनका लागि त्यस विद्यालयलाई ‘नुमना’ को रुपमा छनौट गरिएको हो । उक्त क्षेत्रमा पुराना र कमजोर संरचना धेरै भएकालाई ‘प्रदर्शनी’ का लागि सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले त्यस विद्यालयलाई ‘नमुना’को रुपमा प्रबलीकरण गरेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना ब्यवस्थापन अधिकृत रुपन ज्ञवाली बताउँछन् । ज्ञवालीका अनुसार स्थानीयलाई आफ्ना संरचना भूकम्प प्रतिरोधी बनाउन पुनः मर्मत गरी जोखिम न्यूनीकरणका लागि प्रबलीकरण गर्न अभिप्रेरित गर्ने उद्देश्यले यो काम गरिएको हो । नेपालगञ्जका पुराना संरचना भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएपछि ती संरचनालाई बलियो र भूकम्पको जोखिमबाट जोगाउन प्रबलीकरणका लागि स्थानीयलाई अभिप्रेरित गर्न ‘इस्लामिक चिल्ड्रेन एकेडेमी’ लाई नमुनाको रुपमा छनौट गरिएको उनी बताउँछन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट नेपालगञ्ज भूकम्पको जोखिममा रहेको अध्ययनले देखाएका कारण पनि पूर्व तयारी र जोखिम न्यूनीकरणका लागि सुपरसंगको सहकार्यमा विभिन्न गतिविधिहरु नगरभित्र सञ्चालनमा रहेको बताउँछन् । “पुरानो घरलाई पनि भूकम्पी प्रतिरोगी बनाउन सकिन्छ भन्ने अभिप्रेरणा जनस्तरमा सञ्चार गर्न यो काम नमुनाको रुपमा सम्पन्न गरेका छौैं, यसले नगरबासीमा पक्कै पनि सचेतना अभिबृद्धि गर्नेछ भन्नेमा हामी आशाबादी छौं,” नगर प्रमुख विष्ट भन्छन्–“विपद बाजा बजाएर नआउने हुँदा हामीले पूर्व तयारीको लागि कुनै कसर बाँकी राख्न हुँदैन भन्नेमा नेपालगञ्ज उपमहानगरपालिका दृढ छ, त्यसै अनुरुप हामीले काम गरिरहेका छौं ।”

No photo description available.

“पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोजेका हौं,” नेपालगञ्ज उपमहानगरपालिकाका सहरी विकास तथा पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर भुपेन्द्र बोहराले भने–“पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म न्यून गर्दछ, कम खर्चमा काम सम्पन्न हुन्छ ।” दक्ष प्राविधिकको सुपरीबेक्षणमा रेट्रोफिटिङ गरिएको बोहराको भनाई छ । पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न अभिप्रेरित गरिरहेको सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विशेषगरी नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३ र ७ मा काम गरिरहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी एवम् नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकासंगको सहकार्यमा सुपरले भूकम्प प्रतिरोधी संरचना निर्माण, पुराना संरचना प्रबलीकरण, आवास बीमा, विपद प्रतिकार्यका लागि दक्ष जनशक्ति उत्पादन, सचेतना प्रबद्र्धन लगायतका काम गरिरहेको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवाली बताउँछन् । 

May be an image of 1 person and text

“पुराना, कमजोर वा बनिसकेका नयाँ घरहरुलाई भविष्यमा आउन सक्ने भूकम्पबाट सुरक्षित बनाउनका लागि गरिने विधि भनेको भूकम्पीय प्रबलीकरण हो,” इन्जिनियर बोहरा भन्छन्,–“कतिपय मानिसहरुमा घरको मर्मतलाई नै प्रबलीकरण अर्थात रेट्रोफिट हो भन्ने गलत बुझाई रहेको पाइन्छ । तर यो सही होइन । मर्मत र प्रबलीकरणमा धेरै भिन्नताहरु छन् । मर्मत भनेको बिग्रिएको भागमा उस्तै देखिने गरी सामान्य सुधार गर्ने कार्य हो भने प्रबलीकरण भनेको घर संरचनाहरुलाई पहिलेको भन्दा अझ बलियो र भुईँचालो थेग्न सक्ने बनाउने कार्य हो ।” बोहराका अनुसार प्रबलीकरण अन्तर्गत संरचनात्मक ढाँचामा ठूलो परिवर्तन गरिँदैन । तर, झ्यालढोका, भान्सा कोठा, चर्पी, रेलिङ्ग आदि जस्ता संरचनाहरुलाई केही परिवर्तन गरेर बालक, बृद्ध, महिला तथा अपाङ्गहरुको लागि उपयुक्त बनाउन भने सकिन्छ । 

No photo description available.No photo description available.


प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १४:४२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP